गुडिरहेको बस सडकमा भासिदा….

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
पोखरा,२१ मंसिर । मंगलबार (आज) बिहान पोखरा १६ चमेरे गुफा नजिकै पक्की सडक भासिँदा गुडिरहेको बस भासिएको छ । पोखरा बस व्याबसायी समितिको  ग१ख ७०३३  नम्वरको बस गुड्दै गर्दा भासिएको प्रहरीले जानाएको  छ ।

बिहान क्याम्पस जाने क्यूका लागि बस त्यस क्षेत्र तफै गुड्दै गर्दा सडक भासिएपछि गाडी खाडलभित्र अड्किएको थियो । बस खाली भएको हुनाले धेरै तल्ल सम्म जान नपाएको हुनालेकुनै ठूलो क्षति भने नभएको प्रहरीले जानाएको छ ।

करिब ३ घण्टा पछि भासिएको बसलाई क्रेनको सहायताले निकालिएको थियो । त्यस क्षेत्रमा गुफाहरु रहेका कारण पनि त्यस्तो भएको हुन सक्ने स्थानीयहरुले बताएका छन् । भासिएको क्षेत्रमा खानेपानीको पाइपको काम भइ रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट