सभामुख ओनसरी दुबई भ्रमणमा जादै

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, २१ मंसिर । विश्वका महिला सभामुखको भेलामा सहभागी हुन सभामुख ओनसरी घर्ति मगर दुबई जाने भएकी छन् । सभामुख ओनसरी ५ दिनका लागि शनिबार दुबई भ्रमणमा जान लागेकी हुन् ।

दुई दिनसम्म चल्ने महिला सभामुख भेलामा सभामुख ओनसरीसँगै कांग्रेस सांसद सीता गुरूङ, एमालेकी टुका हमाल र माओवादीकी कमला दोङ पनि जाने भएका छन् । यस्तै संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई पनि सभामुखसँगको टोलीमा जाने भएका छन् ।

विश्वका ४० देशमा महिला सभामुख रहेका छन् । सभामुखसहितको टोली आगामी मंसिर २९ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट