जयललिताको निधनपछि पनीर सेल्वम बने तामिलनाडुका मुख्यमन्त्री

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
एजेन्सी, २१ मंसिर । तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधनपछि पनीरसेल्वम नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । उनले आजै शपथ ग्रहण गरेर मुख्यमन्त्रीको पद सम्हालेका छन् ।

पनीरसेल्वम सन् १९५१ मा जन्मिएका हुन् । पहिले पनि जयललितालाई जेल सजाय हुँदा मुख्यमन्त्रीको पद उनलेनै सम्हालेका थिए । ६५ वर्षीय पनीरसेल्वम पहिले चिया बेच्ने काम गर्थे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै उनी पनि चिया बेच्थे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट