तामाङको संयोजकत्वमा विधान संशोधन समिति गठन

प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुद्धिमान तामाङको संयोजकत्वमा आठ सदस्यीय पार्टीको विधान संशोधन सुझाव समिति गठन गरेको छ । समितिका सदस्यमा राजेन्द्र लिङ्देन, सुशील श्रेष्ठ, ठाकुरप्रसाद शर्मा, भरतजङ्ग उप्रेती, कुन्तीकुमारी शाही, नरेन्द्र चौधरी र राजाराम बर्तौलालाई जिम्मेवारी दिइएको छ । राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि विधान संशोधन गर्न लागिएको छ ।

नवगठित समितिका सदस्य बर्तौलाका अनुसार नेता तथा कार्यकर्ताको भावनालाई सम्बोधन हुने गरी सुझाव सङ्कलन गरेर विधान संशोधनका लागि प्रस्ताव गरिनेछ । आगामी फागुन ६ देखि ९ गते काठमाडौंमा एकीकृत पार्टीको महाधिवेशन हुने छ । अहिलेसम्म ४० जिल्लाभन्दा बढी स्थानमा दुई दलबीच स्थानीय एकता भएको छ । यही मंसिर २५ गतेसम्म बाँकी जिल्लामा एकता प्रक्रिया सम्पन्न गरिने जनाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट