ट्रकको ठक्करबाट ५० वर्षीय महिलाको मृत्यु

प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार
चितवन, २० मंसिर । पूर्वी चितवनको जयमङ्गलामा ट्रकको ठक्करबाट सोमबार (आज) बिहान पैदलयात्री स्थानीयवासी ५० वर्षीय राजकुमार परियारको निधन भएको छ ।

रत्ननगर–११ जयमङ्गलवाबाट टाँडीतर्फ आउँदै गरेको ना२ख ४९७१ नंको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइँदै गरेको बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट