आर्थिक घोटाला गरेको आरोपमा राष्ट्रकै धनी जंजानीलाई मृत्युदण्ड

प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार,
मंसिर । आर्थिक घोटाला गरेको आरोपमा इरानका सबैभन्दा धनी व्यापारी बबाक जंजानीलाई मृत्युदण्डको सजाय दिइएको छ । सन् २०१३ मा पक्राउ परेका जंजानीको कानुनी प्रक्रिया चलिरहेको थियो । जंजानीको कूल सम्पत्ति गत वर्ष १३.५ अर्ब डलर भएको खुलासा भएको थियो । इरानको तेल मन्त्रालयको रिपोर्ट अनुसार जंजानीको २.२५ अर्ब डलर कर बक्यौता थियो ।

४१ वर्षीय जंजानी इरानका सबैभन्दा धनी व्यापारी मानिन्छन् । भ्रस्टाचारको आरोप लागेका जंजानीको मुद्दा तीन वर्षसम्म चलेपछि मृत्युदण्डको सजाय सुनाइएको हो ।

एजेन्सी


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट