सामूहिक दुर्घटना बीमाको व्यवस्था

प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार,
ललितपुर, २० मंसिर । सन्राइज बैंक लिमिटेडले आफ्ना वचत खाताका ग्राहकहरूको सुविधाका लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा ‘वचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था’ गरेको छ । बैंकले यस सुविधाअन्र्तगत दुर्घटनामा परी कुनै वचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा ५ लाख रुपैयाँमा नबढ्ने गरी वचतखातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सकिनेछ ।

बैंकले हालै निक्षेप ग्राहक दशरथ सिलवाललाई घाइते भई उपचारको क्रममा निधन भएकोमा ‘वचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था’अन्र्तगत मृतकको नाममा यस बैंकको टौखेल शाखामा रहेको निक्षेप रकमको ४ गुणा अर्थात ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त रकम बराबरको चेक बैंकले आयोजना गरेको सुरक्षित घर कर्जा तथा अन्य बैंकिङ सेवा सुविधासम्बन्धी जानकारी तथा अन्तक्रिया कार्यक्रममा बैंकका टौखेल शाखाका शाखा प्रबन्धक श्री उपेन्द्र वीर बज्रचार्यले मृतककी श्रीमती भूमकुमारी महतलाई दिएका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट