संशोधन प्रस्ताव असफल हुन्छ ः एमाले

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, १५ मंसिर । एमालेले संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव असफल बनाउन सदन र सडकमा प्रतिरोध गर्ने भएको छ । एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीसँग छलफलबिना जनमत र संविधानको भावनाविपरीत संघीयता लगायतका विषयमा संशोधनको प्रस्ताव आएकाले त्यसलाई सफल हुन नदिने बताएका छन् ।

पार्टीको प्रचार विभागले बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले प्रदेशसभा गठन र उसको सहमतिबिना त्यसमातहतका सिमाना हेरफेर गर्ने अधिकार अहिलेको संसद्लाई नभएको तर्क गरे । ज्ञवालीले भने, ‘संविधानको सर्वस्वीकार्यताका नाममा एमालेलाई एक्लो पार्न खोजेर कसरी निकास हुन्छ, यस्तो प्रयासले केवल राष्ट्रिय स्वाधिनतामा आँच आउने बाहेक अरू काम गर्ने छैन ।’

यसैबीच, सरकारले संसद्मा मंगलबार दर्ता गराएको सविधान संशोधनपछिको रणनीति तय गर्न नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठक राखिएको सो दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट