संशोधनको विरोधमा आन्दोलन

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
बुटवल, १५ मंसिर । सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको विरोधमा बुधबार बुटवलमा बिहानैदेखि यातायात ठप्प भएको छ । ५ नम्वर प्रदेश टुक्रियाएको भन्दै विभिन्न शिक्षण संस्थाबाट निस्किएका विद्यार्थी तथा सर्वसाधारणले बुटवलमा बिहानैदेखि चक्काजाम गरेका हुन् ।

चक्काजामका कारण पूर्व–पश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारीसाधन ठप्प छन् । ५ नम्बर प्रदेशबाट पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा र प्यूठानलगायतका पहाडी जिल्लालाई तराईबाट अलग गर्ने गरी आएको संविधान संशोधन प्रस्ताव अविलम्ब फिर्ता नहँुदासम्म आन्दोलन जारी राख्ने अनेरास्ववियु रूपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेले बताए ।

भूगोलका हिसाबले पहाड र तराई मिलेर तथा प्राकृतिक स्रोतसाधन, संस्कृति र सापिप्यता समेटिएका पाँच नम्बर प्रदेशलाई टुक्रयाउन नहुने धारणा उनीहरूको छ । बुटवलसँगै पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीलगायत जिल्लामा समेत बुधबार बिहानैदेखि विरोध प्रद्धर्शन भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट