स्थानीय तहको खाका परिमार्जन

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
सोलुखुम्बु, ११ मंसिर । स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक समितिले सर्वदलीय सहमतिका आधारमा जिल्लाका स्थानीय तहको खाका तयार गरेको छ । यसअघि प्राविधिक समितिले सिफारिस गरेको खाकामा व्यापक विरोध आएपछि गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारण अयोगले ३ दिनभित्र खाका सच्याएर पठाउन बिहीबार जिल्लास्थित प्राविधिक समितिलाई नै फिर्ता गरेको थियो ।

विभिन्न क्षेत्रबाट आएका विभिन्न समूहको नाराबाजीकाबीच शुक्रबार साँझ अबेरसम्म चलेको बैठकले यसअघिको खाका परिमार्जन गर्दै १ नगरपालिका र ७ गाउँपालिका गरी ८ वटा स्थानीय तहको खाका प्रस्तुत गरेका छन् । जसमा कुल ५४ वटा वडा कायम गरिएको छ । यसैगरी समितिले स्थानीय तहका केन्द्रसमेत निर्धारण गरेको छ । समितिले सल्लेरी केन्द्र रहने गरी सल्लेरी, वेनी, तामाखानी, गार्मा, तिंगला, टाप्टिङ, केरुङ, गोराखानी र टक्सिन्दु गाविस समेटिएका सोलु दूधकुण्ड नगरपालिकाको खाका तयार गरेको छ ।

त्यस्तै, चौरीखर्क केन्द्र रहने गरी नाम्चे, खुम्जुङ, चौरीखर्क र जुभिङ १, ५, ७, ८, ९ वडा लाई समेटिएर खुम्बु पासाङल्हामु गाउँपालिका, काँकु–१ तेन्दु वा बासा–७ राप्छा केन्द्र रहने गरी वाकु, काँकु, बासा, जुभिङ २, ३, ४, ६ वडा लाई समेटिएर खालिङ दूधकोसी गाउँपालिका, बुङ चोक केन्द्र रहने गरी बुङ, छेस्काम र गुदेल १, २, ३, ४, ५, ६, ७ वडा लाई समेटिएर महाकुलुङ गाउँपालिका तथा सोताङ बजार केन्द्र रहने गरी सोताङ, पावै र गुदेल ८, ९ वडालाई समेटिएर सोताङ गाउँपालिकाको खाका तयार गरेको छ ।

यसैगरी समितिले मुक्ली केन्द्र रहने गरी लोखिम, जुबु, देउसा, मुक्ली, नेले, काँगेल र पन्चन गाविसलाई समेटिएर थुलुङ दूधकौशिका गाउँपलिका, नेचा केन्द्र रहने गरी सल्यान, नेचा बेतघारी र नेचा बतासे गाविसलाई समेटिएर नेचा सल्यान गाउँपालिका तथा चौलाखर्क काफ्लेचौर केन्द्र रहनेगरी गोली, चौलाखर्क र भकान्जे गाविसलाई समेटिएर लिखुपिके गाउँपालिका रहने खाका तयार गरी आयोगमा पठाउने सहमति भएको जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट