किम्ती बनिन् मिस लिटिल नेवा

प्रकाशित मिति: २५ कार्तिक २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २४ कात्तिक । १०औँ मिस लिटिल नेवाको उपाधि सेन्ट जेभियर स्कुलकी किम्ती श्रेष्ठले जितेकी छन् । उनले मिस फोटोजेनिकको उपाधि पनि हात पारेकी हुन् । नेप्लिज फेसन हाउसद्वारा काठमाडौंमा आयोजित प्रतियोगितामा फस्ट रनर अप श्रीलता शाही, र सेकेन्ड रनरअप मोहिता शाही बने ।

सोनिम महर्जन मिस इन्नोसेन्ट, श्रृया महर्जन मिस फ्रेन्डसिप, आयुशा श्रेष्ठ मिस चार्मिङ, आयना शाक्य मिस स्माईल, श्रृया महर्जन बेस्ट स्किन, आज्ञा तुलाधर बेस्ट हेयर घोषित भए । यस्तै श्रृया शाक्य मिस डिसिप्लेन, अनुष्का महर्जन मिस पर्सनालिटी, लसता डंगोल सोसियल वेलफेयर एम्बेस्डर, क्रिस्टिना स्थापित बेस्ट नेपाल भाषा, रस्मिला तुलाधर मिस ट्यालेन्ट बन्न सफल भए । प्रतियोगिताको कोरियोग्राफी रोहिया महर्जनले गरेकी थिइन् ।

नेवार समुदायका बालिकाहरूको व्यक्तित्व विकाससँगै नेपाल भाषा र नेवार समुदायको संस्कृति बारे जानकारी गराउँदै त्यसको संरक्षण गर्न भन्दै नेप्लिज फेसन होमले एक दशकदेखि मिस लिटिल नेवा प्रतियोगिता गर्दै आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट