किन प्रहरी गुहार्न बाध्य भए सौगात ?

प्रकाशित मिति: १९ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १९ कात्तिक । नेपाली चलचित्रको पर्दामा राम्रो र जीवन्त अभिनय गर्ने कलाकारको रूपमा परिचित छन् सौगात मल्ल । मिडियामा कम आउने सौगात विवादमा पनि कमै मात्र पर्छन् । सौगातको अभिनयलाई दर्शकले खुबै मन पराउने पनि गरेका छन् । तर, यतिबेला सौगातको तनाव बढेको छ । सौगातको तनाव बढ्नुको कारण मोडल सोनी केसी हुन् । मोडल सोनी केसी र सौगातबीचका तस्बिरहरू अहिले फेसबुकमा भाइरल बनिरहेका छन् । सोनी आफैँले सौगातसँगको तस्बिर सार्वजनिक गरिरहेकी छन् । सोनी अहिले लन्डनमा रहेको बताउँछिन् ।

जब, नायिका श्रृष्टी श्रेष्ठ र सौगात मल्लबीच प्रेमको चर्चा सुरु भयो, यसपछि सोनी केही आक्रामक बनेको बुझ्न सकिन्छ । सौगात र सोनीबीच प्रेम थियो या थिएन, यो यी दुबैले खुलाएका छैनन् । तर, सोनी र सौगातबीच बारम्बार भेट भने हुन्थ्यो । सोनीले सौगातसँग आफ्नै अपार्टमेन्टमा खिचेका तस्बिर पनि फेसबुकमा पोस्ट गरेकी छिन् । सौगातले सोनीको अपार्टमेन्ट २ पटक पुगेको मिडियासँग बताएका छन् ।

तर, श्रृष्टीसँगको प्रेम सार्वजनिक भएपछि सोनीले आफूलाई बारम्बार फोन गरेर तनाव दिन थालेको सौगातले बताएका छन् । सोनीले श्रृष्टीलाई एसिड छ्याप्ने धम्की दिन थालेपछि सौगात प्रहरीकोमा पुगेका छन् । सौगातले सोनीविरुद्ध प्रहरीमा उजुरी दिएको बताएका छन् । मिडियासँगको कुराकानीमा सौगातले घटनाले गम्भीर मोड लिएपछि प्रहरीकोमा पुगेको बताएका छन् । सौगात र श्रृष्टीबीच प्रेमको खबर सार्वजनिक भएको केही महिना भयो । यही प्रेम खबरले फेरि एकपटक सौगातलाई तनाव उत्पन्न गराइदिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट