जन्मदिनमा अनाथ बालबालिकासँग सारिका

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, ९ कात्तिक । नेपाली सिनेजगतमा अलग पहिचान बनाएकी नायिका सारिका घिमिरेले आफ्नो जन्म दिन अनाथालयको बालबालिकासँग मनाएकी छन् । उनले जन्म दिनको अवसर पारेर काठमाडौंको नयाँबानेश्वरको संगमचोकस्थित नयाँ नेपाल समाज केन्द्रको अनाथ बालबालिकासँग आफ्नो जन्म दिन मनाएकी हुन् ।

आफ्नो जन्म दिनको अवसरमा उनले अनाथालयका बालबालिका खाना खुवाएकी छन् भने विभिन्न किसिमको शैक्षिक सामग्रीसमेत वितरण गरेकी छन् । उनले अरुभन्दा फरक तरिकाले आफ्नो जन्म दिनलाई मनाउने कोसिस गरेको भन्दै बालबालिका भनेको भोलिको सुन्दर भविष्य भएकाले बालबालिकाहरुसँग रमाउँदै जन्म दिन मनाएको बताएकी छन् । नयाँ नेपाल समाज केन्द्रको अनाथालयमा उनले विभिन्न पत्रकार तथा कलाकारहरुको साथमा जन्म दिन मनाउँदै आपूmले कलाकारितासँगै समाज सेवामा समेत उतिकै रुचिका साथ लागेको बताएकी छन् ।

आमाबाबु गुमाएर सहाराविहीन बनेका, बाबुआमाले छाडेका, तथा आमाबाबु अपाङ भएकाहरुको ६७ जना बालबालिका रहेको उक्त केन्द्रमा उनले यो वर्ष पहिलोपटक जन्म दिनको मनाएकी भए पनि आपूmलाई त्यहाँ पुगेपछि एक प्रकारको वर्षौँदेखि बसेका जस्तो पारिवारिक माहोलजस्तै भएको बताएकी छन् । जन्म दिनको अवसरमा उपस्थित सञ्चारकर्मी तथा कलाकारहरुले नायिका सारिकाले जन्म दिनमा गरेको कार्यको प्रशंसा गरेका थिए ।

चलचित्र ‘हत्याकाण्ड’बाट नेपाली सिनेक्षेत्रमा प्रवेश गरेकी सारिका घिमिरेले अहिलेसम्म आउँदा दर्जनौ चलचित्रमा अभिनय गरेकी छन् । अभिनय सँगसँगै संगीत र गायनमा पनि आफूलाई उपस्थित गराएकी सारिकाको आगामी चलचित्र साहित्यकार झमक कुमारीको बहुचर्चित कृति ‘जीवन काँडा कि फूल’मा आधारित रहेको छ । चलचित्र ‘जीवन काँडा कि फूल’ चाडै नै दर्शकमाझ आउने तयारीमा रहेको पनि उनले बताइन् ।

०६४ साल स्थापना भएको नयाँ नेपाल समाज केन्द्रले सबै विद्यार्थीको भरणपोषण आफैले गर्दैआएका केन्द्रका अध्यक्ष कृष्ण गुरुङले बताए । उनले आपूmले सुरुमा होटल व्यवसाय गर्दै आउँदा पशुपति नजिकै बालबच्चाहरुले मागी रहेको, रोइरहेको, लडिरहेको देखेपछि केन्द्र सञ्चालनको लागि आँट गरेको बताएका छन् । उनले भने, ‘०६४ सालमा द्वन्द्व भखैरै सकिदै थियो । गणतन्त्रको घोषणा हँुदै थियो । तर बालबालिका यी सबकुराभन्दा बाहिर रहेर सडकमा सुतिरहेको देखेपछि मनले मानेन । एउटा दुईटा मात्रैलाई लगेर पालौं लागेको भए पनि यसरी हुन्न भन्ने लागेर केन्द्र खोलेका हौँ ।’

उनले केही बालबालिका स्कुलफि मनकारी व्यक्तिहरुले व्यक्तिगत रुपमा दिने गरेको भन्दै संस्थागत सहयोग कतैबाट पनि नमिलेको बताए । हाल त्यस केन्दमा रहेका बालबालिकाहरु ३ वटा विद्यालयमा अध्ययन गर्न जाने गरेको केन्द्रका प्रबन्ध निर्देशक कमल भट्टराइले जानकारी दिए ।

‘अनाथालयका बालबालिकाहरु मेरी पपिन्स स्कुल थापाथली, आशामन्दिर बोर्डिङ स्कुल नयाँ बानेश्वर, सम्भावी बोर्डिङ स्कुल गौशला र कोशेली स्कुल नयाँबानेश्वरमा पढ्दै आएका छन् ।’ उनले भने, ‘यसमध्ये कोशेलीमा निःशुल्क १४ जना पढ्छन् । बाँकी विद्यालयमा वार्षिक १५ हजार रुपैयाँफि तिर्नु पर्छ ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट