बाँसुरीसँग अलग अभियान

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, ९ कात्तिक । अलग अभियान गर्दै आएको नियमित श्रृंखलाअन्तर्गत बाँसुरीसँग अलग अभियन सञ्चालन गरेको छ । अभियानको सुरुवातमा सानो छँदा रेडियो नेपालमार्फत् बज्ने बाँसुरीको धुनले लोभ्याएर बाँसुरीप्रति मोहित भएको स्मरण गर्दै राजेश राईले ‘अल्झेछ क्यारे पछ्यौरी’ वादन गरी अलग अभियान बाँसुरी विशेष श्रृंखलाको सुरुवात गरे । थपमा उनले एउटा झ्याउरे लोकभाका प्रस्तुत गरे ।

दोस्रो प्रस्तोताका रुपमा राम महर्जन अघि आए । जापानमा बस्दै आएका उनले ‘माझी’ थिमको धुन र ‘राजमति’ सुनाए । तेस्रो प्रस्तोताका रुपमा अघि आएका चित्र मगरले भने सुरुमै संगिनी धुन बजाएर स्रोताहरुको ध्यानाकर्षण गरे । खोटाङको खार्पाबाट पोर्चुगलसम्मको यात्रा–कथा वाचन गर्दै उनले केही भजनहरु प्रस्तुत गरे । आफ्नो संघर्षपूर्ण विगतबारे बताउँदै विशेष सहयोगी कृषिविद् मदन राईलाई स्मरण गरे । अन्तिममा उनले तिहार धुन प्रस्तुत गरे ।

‘लास्ट बट नट लिस्ट’ प्रस्तोता थिए नगेन्द्र राई । उनले राग दुर्गाबाट सुरुवात गरे । अग्रजहरुको स्मरण र सम्मानमा ‘सावनको झरी बनी’, ‘यस्तो पनि हुँदो रैछ’, ‘मुटु जलिरहेछ’, ‘छालहरु’ प्रस्तुत गरे । उनले गाउँबाट सहर आएका प्राय सबैको संघर्ष कथा उस्तै हुने बताउँदै आफूलाई भने गायिका दिदी सुशीलाको कारण केही सजिलो भएको सुनाए । आगामी एल्बममा समाविष्ट हुने मण्डल साम्पाङको संगीत रहेको हियारी प्रस्तुत गरेपछि अघिल्लो एल्मबमा रहेको गुरु जीवन आलेको सिर्जना सुनाएर कार्यक्रमको बिट मारे ।

बाँसुरी वादकहरुलाई तबलामा विराज पोखरेल र मादलमा यम कुमार समालले साथ दिएका थिए । सोही कार्यक्रममा गायिका पार्वती राईले अलग अभियानलाई मादल उपहार प्रदान गरेकी थिइन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट