द्वन्द्वकालमा विस्थापित कृषि विकास बैंक चापाकोटको उद्घाटन

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

पाल्पा, ९ कात्तिक । द्वन्द्वकालमा विस्थापित कृषि विकास बैंक चापाकोटको सोमबार उद्घाटन गरिएको छ ।

विसं २०४२ मा स्थापित सो शाखा २०५७ मा चापाकोटबाट विस्थापन भएको थियो । गत जेठ ३० गतेदेखि सञ्चालनमा आएको बैंकको बैंक सञ्चालन समितिका अध्यक्ष प्रमोदकुमार कार्कीले उद्घाटन गर्दै बैंकले विभिन्न उद्योग, कृषि, खानेपानी, पाटीपौवा निर्माण लगायत क्षेत्रमा सहयोग गरेको बताए ।

बैंकका कार्यकारी प्रमुख लीलाप्रकाश सिटौलाले नेपालमा सबैभन्दा ठूलो र छिटो विकास भएको सो बैंकमा अहिलेसम्म देशैभरमा दुई लाख १० हजारभन्दा बढी सेयर सदस्य रहेको जानकारी दिए ।

बैंकले रु एक करोड १३ लाख कर्जा वितरण गरेको र रु ८० लाखभन्दा बढी निक्षेप सङ्कलन गरेको शाखा प्रबन्धक विश्वराज मरासिनीले बताए । उद्घाटन कार्यक्रमका अवसरमा नौ जना सेवाग्राहीले खाता खोलेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट