भाषाभाषी चलचित्रकर्मी सम्मानित

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, ९ कात्तिक । नेपाल चलचित्र विकास बोर्ड मातृभाषी समितिले नेपाली कलाकर्मीलाई बेलायतमा सम्मान गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ, जनजाति महिला महासंघ र जनजाति पत्रकार महासंघ बेलायतको सहआयोजना तथा १३ जातीय उत्थान संस्थाको सहयोगमा आयोजित आदिवासी जनजाति चलचित्र सम्मान तथा बजार प्रबद्र्धन समारोह (प्रवास विशेष) मा निर्देशक बलिराज जवेगु र मनीष श्रेष्ठ, कलाकार विमोचना लिम्बू, शशि थापा सुब्बा र अनिता राना मगर, निर्मात्री देवमाया पुन मगर र खेजी राई, नायिका सरु गुरुङ, तेन्नियाङ राना, सहनिर्माता दीपक श्रेष्ठ, निर्माता काजीमान याक्सोलगायतलाई विशेष सम्मान र सहयोगी १३ संस्थालाई आभारपत्र प्रदान गरिएको विश्व नेपाली साहित्य महासंघका अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिए ।

नेपाली राजदूतावास लन्डनका शरदराज आरनका प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्ड, मातृभाषी समितिका संयोजक युवराज मास्की मगरले सम्मान तथा आभारपत्र प्रदान गर्दै मातृभाषाका चलचित्र निर्माणमा बेलायतमा रहेका कलाकार तथा कलाप्रेमीको योगदानलाई नेपाल सरकारले बिर्सन नसक्ने र भविष्यमा अझ धेरै योगदानको आशा गरिने बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट