पाकिस्तानमा भारतीय रेडियो र टेलिभिजन प्रतिबन्धित

प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

एजेन्सी,
इस्लामबाद, ५ कात्तिक । पाकिस्तानमा फिल्मपछि भारतीय टेलिभिजन तथा रेडियो प्रसारणसमेत  प्रतिबन्धित हुने भएको छ । भारतीय सन्चारमाध्यमका अनुसार पाकिस्तानमा विद्युतीय सन्चारमाध्यममाथि नियमन तथा नियन्त्रण गर्न लागिएको हो ।

‘पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी’ (पेमरा)ले शुक्रबार दिउँसो ३ बजेदेखि सबै भारतीय टेलिभिजन तथा रेडियो प्रसारण नगर्न प्रसारकहरूलाई आदेश दिएको छ । साथै, उसले आदेश नमान्नेलाई कडा कारवाही गर्नेसम्मको चेतावनी दिएको छ ।

यसअघि भारत–पाकिस्तान सीमा काश्मिरमा भएको तनावपछि भारतीय फिल्महरूको प्रदर्शन तथा वितरण संस्थाले पाकिस्तानी कलाकार तथा प्राविधिकलाई बलिउडमा काम गर्न रोक लगाएको थियो । आउँदो हप्ता रिलिज हुने ‘ए दिल हे मुस्किल’ मा पाकिस्तानी कलाकारले अभिनय गरेकाले भारतका मुख्य ४ प्रदेशमा प्रदर्शनका लागि रोक लगाउने निर्णय गरेको थियो । यससँगै, पाकिस्तानमा भारतीय फिल्महरू पूर्णरूपमा बन्द भएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट