पूजनाले प्रेमकथामा आधारित चलचित्र बनउने

प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, ५ कात्तिक । नायिका पूजना प्रधान नवल नेपालको निर्देशनमा नयाँ फिल्म निर्माण गर्ने भएकी छन् । तिहारपछि सुटिङ सुरु गर्ने योजनामा रहेकी पूजनाले नयाँ चलचित्र प्रेमकथामा आधारित हुने जानकारी दिएकी छन् ।

उनले भनिन्, ‘नवलजीले निर्देशन गर्दै हुनुहुन्छ । हिरो हिरोइनबारे अलिपछि जानकारी दिन्छौँ ।’ यसअघि ‘श्रीमान’ बनाउँदा नवललाई निर्देशक लिएकी पूजनाले नवलको काम गर्ने शैलीबाट आफु प्रभावित भएको बताइन् ।

नयाँ फिल्ममा पूजनाबाहेक २ नायक र १ नायिकाले मुख्य भूमिका निर्वाह गर्ने भएका छन् । यसअघि सडक बालबालिकाको विषयमा ‘चकलेट’ नाम राखेर फिल्म बनाएकी पूजनाले उक्त चलचित्रबाट घाटा बेहोर्नुपरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट