करिश्मालाई हरितारा पुरस्कार

प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, ५ कात्तिक । हरितारा चलचित्र पुरस्कार कार्यसमिति बैठकले अभिनेत्री करिश्मा मानन्धर, डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी शान्तिप्रियलाई हरितारा पुरस्कार दिने निर्णय गरेको छ । अढाइदशकभन्दा बढी समयदेखि नेपाली चलचित्र क्षेत्रको संरक्षण सम्वद्र्धनमा योगदान पु¥याए वापत करिश्मालाई ०७१ सालको हरितारा पुरस्कार प्रदान गरिएको सदस्यसचिव मोहन निरौलाले बताए ।

यसैगरी २ दशकभन्दा लामो समयदेखि चलचित्र पत्रकारिता एवं डी–सिने अवार्डमार्फत चलचित्र क्षेत्र र पेसाकर्मीको विकास र प्रोत्साहनका लागि योगदान पु¥याएवापत शान्तिप्रियलाई पुरस्कार दिने निर्णय गरेको उनले बताए । हालसम्म १२ सयभन्दा बढी चलचित्रको प्रचार सामग्री तयार गरी चलचित्रको श्रीवृद्धीमा योगदान पु¥याएवापत सुन्दर श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको निरौलाले जनाए । पुरस्कार राशि २५ हजार रुपैयाँको रहेको छ ।

०५२ सालमा समाजसेवी विजया राणाले स्थापना गरेको हरितारा चलचित्र पुरस्कारको संरक्षक समाजसेवी स्व. विजया राणाका छोरा मनोज शमशेर जवरा रहेका छन् । बैठक संरक्षक मनोज शमशेर जवराको अध्यक्षतामा बसेको थियो । पुरस्कार मंसिरको दोस्रो हप्तामा विशेष समारोह आयोजना गरी प्रदान गरिनेछ । साथै उक्त समारोहमा दुर्गा देवी–पुण्य निरौला स्मृति पुरस्कार पनि प्रदान गरिनेछ ।

यसैवर्ष स्थापना गरिएको १० हजार राशीको उक्त पुरस्कार निर्देशक शुभाष गजुरेललाई प्रदान गरिने परिवर्तन नेपालले निर्णय गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट