विराटनगरमा अनुगमनको अभावमा उपभोक्ता ठगिदै

प्रकाशित मिति: २९ आश्विन २०७३, शनिबार

मोरङ, २९ असोज ।  अनुगमन अभावले विराटनगर बजारका व्यापारी, व्यवसायीले प्रयोग गर्ने ढुङ्गाको ढकका कारण उपभोग्य सामाग्री किनबेच गर्दा उपभोक्ता ठगिने गरेका छन् ।नापतौल गुणस्तर कार्यालय विराटनगरको प्रभावकारी अनुगमन नभएका कारण ढुङ्गाको ढक प्रयोग गरी उपभोक्ता ठगिने गरेको उपभोक्ताको गुनासो छ ।

विराटनगरमा अवस्थित नापतौल पूर्वाञ्चल क्षेत्रीय कार्यालयको अनुगमन प्रभावकारी नहुँदा सेवाग्राही ठगिने गरेका स्थानीय ओमराज चौलागाईँ बताउँछन् । तरकारी खाद्यान्नलगायत सामाग्री खरिद गर्दा व्यापारीले ढुङ्गाको ढक प्रयोग गर्ने गरेको बताइएको छ ।

दिनहुँ हुने उपभोग्य सामाग्रीको खरिद बिक्रीमा ढुङ्गाको ढकको प्रयोगले ठगिनु सरोकारवाला निकायको लापरबाही भएको स्थानीय महेशचन्द्र कार्कीको भनाइ छ । गुद्री बजार व्यवस्थापन समितिका सचिव गुड्डु मियाँका अनुसार नापतौल कार्यालयको अनुगमन प्रभावकारी नहुँदा उपभोक्ता ठगिएको बताउँछन।

विराटनगर बजारमा ढुङ्गाको ढकले उपभोग्य सामाग्री तौलिएर बिक्री गर्ने व्यापारी बग्रेल्ती भेटिने गरेका छन् । नापतौल पूर्वाञ्चल क्षेत्रीय कार्यालयका कर्मचारीले कार्यालयमा ‘गफ’ दिएर समय बिताउने तर काम नगर्ने प्रवृत्तिका कारण अनुगमन प्रभावकारी हुन नसकेको उपभोक्ता देवनारायण शर्माकोे आरोप छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट