व्यापारिक नगरी वीरगन्ज पार्किङस्थलको आभावमा कुरुप बन्दै

प्रकाशित मिति: २९ आश्विन २०७३, शनिबार

वीरगन्ज, २९ असोज । आर्थिक एवम् व्यापारिक नगरी वीरगन्ज सवारी साधन पार्किङ गर्ने स्थान व्यवस्थित नहुँदा कुरुप बन्दै गएको छ ।

व्यवस्थित पार्किङस्थलको आभावमा जथाभावी गाडी पार्किङ गर्नाले यहाँका सर्वसधारण तथा वीरगन्जमा आउने यात्रु समेत समस्यामा पर्ने गरेका छन् ।

वीरगन्ज अव्यवस्थित सहरको रुपमा देखिएको छ । सहरको मुख्य भाग घन्टाघर, मीनाबजार, माइस्थान, आदर्शनगर र अस्पताल चौक भरिभराउ भएको तथा ‘ई’ रिक्सा, रिक्सा र मोटरसाइकल अवरोधका कारणले ट्राफिक जाम हुने समस्या यहाँ व्याप्त रहेको छ ।

दैनिकजसो काम विशेषले आउने सेवाग्राहीको भिड हुने ठाउँमा सवारी सधान पार्किङ गर्नेस्थल नहुँदा जथाभावी पार्किङ गर्नाले बाटो अवरोध हुने गरेको छ । खास गरेर ‘ई’ रिक्सा जथाभावी पार्किङ गर्नाले सडक जाम हुने गरेको सर्वसधारण तथा साना सवारी सधानलाई हिड्न समेत अप्ठ्यारो हुने गरेको स्थानीयवासीको गुनासो छ ।

व्यवस्थित पाकिङस्थलको आभावमा जथाभावी सवारी साधन राख्नाले आर्थिक नगरी वीरगन्जको सौन्दर्य मासिँदै गई कुरुप बन्दै गएको हुँदा व्यवस्थित पार्किङस्थल निर्माण गर्नुपर्ने स्थानीयवासीको माग छ ।

बजार क्षेत्रमा पार्किङस्थल नभएका कारण अव्यवस्थित हुनुका साथै बजारमा समान किन्न आउनेले पसल अगाडी नै सवारी सधान पार्किङ गर्नाले सर्वसधारणलाई मर्का पर्ने गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट