नेपाल सरकारले पर्यटन विकासका लागि ठोस काम गरेको छैन

प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

— रणबहादुर खड्का, अध्यक्ष : मेची पहाडी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मान्त्रालयद्वारा गठित मेची पहाडी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिका अध्यक्ष रणबहादुर खड्का एड्भेन्चर हिमालयन ट्राभल्स प्रा.लि. तथा हार्डरक ट्रेक्स एण्ड एक्पीडिशन प्रा.लि.का प्रबन्ध निर्देशक हुन् । ताप्लेजुङ्ग जिल्लाको साँवा गाविसको एउटा सामान्य किसान परिवारमा विक्रम सम्बत २०२६ साल भदौ २९ गते जन्मिएका खड्काले नेपालको पर्यटन प्रबद्र्धन गर्ने शिलसिलामा युरोप र एसियाका धेरै वटा मुलुकहरुको भ्रमण गरिसकेका छन् भने देशभित्रका अधिकांश पर्यटकीय गन्तव्यहरुको अवलोकन भ्रमण गरेर पर्यटन विकासका आधारहरुको खोजीका लागि निरन्तरता दिदै आएका छन् ।

ट्रेकिङ्ग एजेन्सि एसोसियशन अफ नेपाल (टान) को साधारण सदस्यदेखि लिएर कार्यसमितिका सदस्य, सचिवहुदै पूर्व प्रथम उपाध्यक्षसमेतको जिम्मेवारी सम्हालेर व्यावसायिक संगठनहरुमा सेवा गर्दै आएका उनी स्थानीय क्षेत्रमा आयोजना हुने सम्पूर्ण सामाजिक गतिविधिहरुमा सहभागिता जनाउन पछि परेका छैनन् । पर्यटन व्यवसायी संघमा अध्यक्ष समेत रहेर काम गरेका रणबहादुर खड्का राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा सचिवालय सदस्य रहेर सामाजिक गतिविधिमा सक्रीय रहेका छन् ।

वितीय संस्थाहरुमध्य ३÷४ वटा सहकारी संस्थाहरुमा सञ्चालक समितिका सदस्य तथा सचिव जस्ता पदहरुमा क्रियाशिल रुपमा काम गरेर हाल दीगो पर्यटन सहकारी संस्था लिमिटेडको सचिवको समेत भूमिका निर्वाह गर्दै आएका उनी आफ्नो बसोबास क्षेत्रको टोलसुधार समितिको अध्यक्षको भूमिकामा काम गर्दै सामाजिक सद्भाव कायम राख्ने विषयमा उतिकै सक्रीय रहेका छन् । प्रस्तुत छ : नेपालमा पर्यटनको सम्भावना र यसको विविध पक्षसँग केन्द्रित रहेर मेची पहाडी पर्यटन प्रबद्र्धन विकास समितिका अध्यक्ष रणबहादुर खड्कासँग लक्ष्मण बजगाईले गरेको कुराकानीको केही अंश ः

० जुनसुकै देश र जुनसुकै थलो कुनै न कुनै महत्वले पर्यटकीय हुन सक्छन् । यो कुनै एउटा सिजनमा बाली भित्राएपछि अर्को बाली लगाउने र उठाउने बेला जस्तो हुदैन । त्यस्ता ठाउँ विशेषलाई महत्व बढाएर त्यसलाई पर्यटकीय बनाउन सक्ने कुरामा खुवी नहुनाले सबै तिर समान रुपमा पर्यटन विकास हुन नसकेको मात्रै हो । त्यसैले व्यवसाय गर्ने मानिसले जस्तो अवस्था छ त्यसैमा सम्भाव्यता अध्ययन गरेर पर्यटन व्यवसाय गर्न सक्छन् । व्यवसायीले गरेको सुक्ष्म अध्ययनबाट पर्यटनको सम्भावना खोज्न सकिन्छ भने नेपाल त झन् सबै दृष्टिकोणबाट पर्यटन विकासका लागि बढी संभावना र श्रोत बोकेको देश हो ।

० नेपाल पर्यटन व्यवसाय गर्दै त्यसको व्यावसायिक संगठन स्थापना गरेर सञ्चालन गर्दै आएका संगठनहरुको संख्या पनि धेरै छन्, यहाँले पनि यस्ता संस्थाहरुको नेतृृत्व तहमा बसेर काम गरिसक्नु भएको छ, नेपालमा स्थापित यस्ता संस्थाहरु एक आपसमा पर्यटन विकास गर्ने र पर्यटन व्यवसायीहरुलाई अगाडि बढाउने विषयमा कस्तो किसिमको सहकार्य गर्दै आएको पाउनु भएको छ ?

— देश बहुदलीय पद्दतिमा चलिरहेको अवस्था छ । शासकीय संरचनाले राजनीतिक आस्था राख्न सबैलाई नागरिकलाई छुट दिएको छ । त्यस्तै फरक राजनीतिक आस्था राख्ने नागरिकहरु नै यो देशका पर्यटन व्यवसायी हुन् र तिनै पर्यटन व्यवसायीहरुले व्यवसायीहरुको ब्यावसायिक संगठनमा नेतृत्व गरिरहेका हुन्छन् । यसको असर ती संगठनहरुमा देखा पर्ने गरेको छ । यसले जुन ढंगले सहकार्य हुनु पर्ने हो त्यसो हुन नसकेको जस्तो मलाई लाग्छ । यद्यपी सहकार्य नै नभएको भने होइन । जो व्यवसायी हो, जसले आफ्नो व्यवसायलाई राजनीतिभन्दा माथि राखेर आफ्नो व्यावसायिक प्रतिष्ठान सञ्चालन गरिरहेका छन् उनिहरुले सफलता प्राप्त गरिरहेका पनि छन् र त्यस्तै सोच राख्ने नेतृत्व पंक्तिले संस्थालाई उद्देश्य अनुरुप सफलता दिलाउन पछाडि परेका छैनन् । उनीहरु समान उद्देश्य र लक्ष्य भएका संस्थाहरुसँग सहकार्य गर्न जहिले पनि अगाडि देखिन्छन् ।

० नेपालमा सरकारी स्तरबाट जुन ढंगले पर्यटनलाई महत्व दिनु पर्ने हो त्यसरी दिईएको छैन भनेर यस्ता पर्यटन व्यवसायीहरुको संगठनहरुले भन्ने गरेका छन्, यहाँलाई चाहि के लाग्छ ?

— आर्थिक विकासका लागि तीन खम्बे नीति अनुसार एक खम्बा पर्यटन होस् भनिन्छ । तर त्यो भनिए जस्तै सरकारले काम गरेको चाहि मैले पनि देखेको छैन । छिटो छिटो सरकारको फेरबदलका कारणले हो वा त्यससम्बन्धी सरकारी निर्णय स्पष्ट हुन नसकेकोले हो, त्यो आफ्नो ठाउँमा छ । जति पनि विदेशी पर्यटकहरु नेपालमा भित्रिएका छन् ती सरकारका तर्पmबाट भित्रिएका छैनन् । निजी क्षेत्रका व्यवसायीहरुको पहलमा विदेशी पर्यटक भित्रिएका छन् । सरकारले जुन ढंगबाट विदेशी पर्यटक भित्र्याउन पहल गर्नु पर्ने, प्रचार प्रसार गर्नु पर्ने हो अथवा पर्यटन मार्केटिङ्ग फ्यासिलिटीका लागि सरकारले त्यसो गरिरहेको छैन । राज्यले बजेट अन्य शीर्षकहरुमा १०÷१५ प्रतिशत विनियोजन गरिएको हुन्छ, तर पर्यटनका लागि ५ प्रतिशत मात्रै छ । त्यो अत्यन्तै न्युन बजेट हो । त्यो सानो मात्राको बजेटले प्रचार प्रसार कसरी गर्ने ? भौतिक पूर्वाधार कसरी निर्माण गर्ने ? त्यसैले सरकारले यस क्षेत्रमा विशेष चासो र क्रियाकलाप बढाउन सक्ने हो भने नेपालमा अहिले निजी क्षेत्रले ल्याएको पर्यटकको तुलनामा विदेशी पर्यटकको संख्यामा उच्च बृद्धि हुन सक्थ्यो भन्ने मलाई लाग्छ ।

० यहाँ पनि पर्वतीय पर्यटन व्यवसायी संस्था टानको नेतृत्व तहमा बसेर काम गरिसक्नु भएको छ, हाल पनि अन्य पर्यटन व्यवसायीहरुको संगठनहरुमा अहिले पनि जिम्मेवार पदमा नै कार्यरत हुनुहुन्छ, नेपालको पर्यटन विकास र प्रबद्र्धन गर्नका लागि गठिन पर्यटन बोर्डसँग टानको सम्बन्ध त्यति सुमधुर नभएको सन्देश बाहिर आउने गरेका छन् नि ? यसले पर्यटन विकासमा अवरोध त सृजना गरिरहेको छैन ?

— पर्यटन विकास र विस्तारका लागि काम गर्दै आएका निकायहरु एक आपसमा मिलेर काम गर्न नसक्दा यसले आवश्यकता अनुसार उपलब्धी हासिल गर्न नसक्नु स्वभाविकै हो । पर्यटन बोर्डले लोकप्रिय अन्तर्राष्ट्रिय आम सञ्चार माध्यमहरुबाट नेपालको पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार गर्नु पर्ने हो त्यसो गरेको छैन, यो सबैलाई थाहा भएकै कुरा हो । देशविदेशका विभिन्न च्यानलहरुमा मार्केटिङ्ग गर्नु पर्ने हो त्यो हुन सकिरहेको छैन । एउटा सानो घेरामा मात्रै सीमित भएर पर्यटन बोर्डले काम गरिरहेको देखिन्छ । टान एउटा निजी क्षेत्रको व्यवसायीहरुको संगठन मात्रै भएकोेले उसले जे जति काम गरिरहेको छ त्यो लक्ष्य अनुसारको काम गर्न पुगेको जस्तो देखिदैन । त्यसैले जुन जुन संस्थाले जे जे काम गर्नु पर्ने त्यो नगरी पर्यटन क्षेत्रमा उल्लेखनीय विकास हुन सक्दैन । पर्यटन बोर्डले लामो समयसम्म प्रमूख कार्यकारी नपाएको र आवश्यक संख्यामा बोर्ड सदस्यहरु पु¥याउन सकिरहेको पनि छैन । यी दुई संस्था आपसमा मिले भने नेपालमा विदेशी पर्यटक भित्र्याउन सहज हुन्छ । यी दुई संस्था एक आपसमा सहकार्यका लागि तयार हुनै पर्छ ।

० यहाँ लामो समयदेखिको पर्यटन व्यवसायी हुनुहुन्छ, नेपालको अथाह पर्यटनको सम्भावना बोकेका पर्यटकीय वस्तुहरुलाई एउटा ब्राण्ड बनाएर नेपालले बेच्न नसकेको पर्यटन विज्ञहरुले आरोप लगाईरहेका छन् नि, यसलाई यहाँले कुन रुपमा लिनु भएको छ ?

— यो आरोप मात्रै होइन । यो हुन नसकेको नै हो । त्यस्ता पर्यटन विज्ञहरुले दिएको सुझाव तथा सल्लाहलाई मनन् गरेर काम गर्न सक्ने हो भने यसले देशलाई नै लाभ पुग्न सक्छ । पर्यटन प्रबद्र्धन तथा प्रचार प्रसार गर्नका लागि गठित पर्यटन बोर्ड नहुदा पनि बार्षिक ४÷५ लाखको संख्यामा पर्यटकहरु नेपाल भित्रिएका थिए । अहिले पर्यटन बोर्ड गठन गरेर त्यसको तुलनामा धेरै नै पर्यटकको संख्या हुनु पर्ने हो, त्यस्तो केही पनि हुन सकेको छैन । सरकारी कार्यालयमा कार्यरहत कर्मचारीहरुमा पर्यटन विषयमा नभएको ज्ञानले गर्दा नै सरकारी स्तरबाट पर्यटन विकास नभएको हो भन्ने मलाई लाग्छ । विदेशमा आयोजित एक्स्पोहरुमा नेपालको पर्यटन ब्रान्डको प्रचार गर्न जाने सरकारी कर्मचारहरु स्टलमा बस्ने, भत्ता पचाउने र गएको जस्तो मात्रै गर्ने काम गर्र्दै आएका छन् । यसले पर्यटन विकास गर्न सक्छ भन्ने कुरामा मेरो पनि विश्वास छैन । सरकारी निकाय पर्यटन मन्त्रालयका उच्च कर्मचारीदेखि लिएर मन्त्रीले समेत सकारात्मक सोच लिएर निजी क्षेत्रका व्यवसायीहरुलाई काम गर्ने वातावारण बनाउन तयार भए भने नेपालले पर्यटन क्षेत्रबाट व्यापक लाभ लिन सक्छ । त्यसमा पनि ६ महिना÷९ महिनामा सरकारको फेरबदल हुनु पर्ने भएकाले पनि पर्यटनले उद्योगको रुपमा लिने गरी कुने काम सरकारी स्तरबाट हुन नसकेको हो ।

० बाह्य पर्यटन आकर्षित गर्न आन्तरिक पर्यटन विकास हुनु पर्छ भन्ने भनाईलाई यहाँहरुले स्वीकार गर्नु हुन्छ ?

— आन्तरिक रुपमा भ्रमण गर्न आयश्रोत चाहिन्छ । नेपालीहरु भ्रमण गर्न पुग्ने हैसियत भएकाहरुको संख्या अति न्युन छ । जब घरमा एक माना खान राम्रोसँग पु¥याउन सकिएको छैन, घुम्न जाने पैसा कसरी प्राप्त गर्ने ? भन्न प्रश्न आउँछ । अहिले जसले जुन सुकै व्यवसायमा हात हालेपनि असफल भएको उदाहरणहरु हाम्रा आँखा अगाडि आउने गर्छन् । सबैमा राजनीतिक अस्थिरताको प्रभाव परेको छ । जबसम्म आफ्नो घर खर्च राम्रोसँग चल्न सक्छ तबसम्म मात्रै घुम्न जाने कल्पना गर्न सकिन्छ । बाह्य पर्यटकहरु बढी भित्र्याउन सकियो भने यसले आर्थिक सम्मृद्धि ल्याउँछ यसलाई हामीले जोड दिनु पर्छ ।

० यहाँ एउटा ट्राभल एजेन्सि सञ्चालक पनि हुनुहुन्छ, नेपालमा ट्राभल एजेन्सिहरुले प्रचलित र सीमित गन्तव्यहरुमा मात्रै पर्यटक घुमाउने काम गरिरहेका छन्, नयाँ गन्तव्यलाई वास्ता गर्ने नगरेको चर्चाहरु बेला बेलामा हुने गरेका छन्, यस विषयमा यहाँ के भन्नु हुन्छ ?

— जुन गन्तव्यहरुको नाम चलेका छन् पर्यटकहरु त्यस्ता गन्तव्यहरुमात्रै रोज्ने गर्दछन् र ट्राभल एजेन्सीहरु व्यवसायी नै हुन् । आफ्नो व्यवसायबाट लाभ लिन सकिएन भने व्यवसाय गर्नुको कुनै तात्पर्य हुदैन । त्यसैले नयाँ गन्तव्यहरुमा घुम्न चाहने पर्यटकहरुका लागि पनि पर्यटन व्यवसायीहरुले सेवा दिदै आएका हुन्छन् । ट्राभल एजेन्सीहरुले नयाँ गन्तव्यहरुको टुर प्याकेज बनाएर प्रचार प्रचार गर्दै आइरहेका छन् । आधुनिक विश्वमा अनलाईन टेक्नोलोजीको प्रयोग गरेर हामीले त्यस्ता प्याकेजहरुको ब्यापक प्रचार प्रसार गर्दै आईरहेका छौं ।

० अन्त्यमा केही भन्नु छ ?

— हामी यति बेला नेपालीहरुको महान् चाड पर्वहरुको संघारमा छौं । यो अवसरमा सम्पूर्ण सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट