पोखरामा सस्तो व्यापार मेला सुरु

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

पोखरा, १८ असोज । दसैँका अवसरमा पोखराको पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा आजदेखि सस्तो व्यापार मेला आयोजना गरिएको कम्प्लेक्सका सञ्चालक माधव बास्तोलाले जानकारी दिए ।

गुणस्तरीय सामान सस्तोमा उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको बताइएको छ । एकै ठाउँबाट उपभोक्तालाई नुनदेखि सुनसम्मका उपभोग्य वस्तु उपलब्ध गराउने सञ्चालक वास्तोला बताउछन् ।

मेला अवधिभर दैनिक रु ५० लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । उपभोक्तालाई मनोरञ्जन दिन विविध सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ । व्यापार मेला यही असोज २२ गतेसम्म चल्ने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट