नयाँ नोट लिन बैंकमा सेवाग्राहीको भीड

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

भोजपुर, १८ असोज । नयाँ नोट सटही सुरु तथा शिक्षकको चौमासिक तलब निकासा र सामाजिक सुरक्षा भत्ता निकासाका कारण राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखामा सेवाग्राहीको चाप बढेको  छ ।

सेवाग्राहीलाई तत्काल सेवा दिने र कसैलाई पनि रित्तो हात नफर्काउने उद्देश्यले आफूहरूले काम गरिरहेको बैंकका कर्मचारी रवीन श्रेष्ठको भनाइ छ । “सेवाग्राहीको चाप बढेका कारण हामी कर्मचारीलाई भ्याइनभ्याइ छ ” उनले भने ।

राष्ट्र बैंकले नयाँ नोट राष्ट्रिय वाणिज्य बैंकलाई एकमुष्ट उपलब्ध गराएपछि वाणिज्य बैंकले जिल्लामा सञ्चालित अन्य वित्तीय बैंकहरूलाई उपलब्ध गराएको बताइएको छ ।

नयाँ नोट सटही आइतबारदेखि मात्रै सुरु गरेकाले सेवाग्राहीको चाप एकैपटक बढेको हो । गत वर्ष करिब रु तीन करोड नयाँ नोट आए पनि यस वर्ष रु एक करोड ५० लाख मात्रै आएको बैंकले जनाएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट