वान प्लस ३ २०१६ को उत्कृष्ट स्मार्टफोन

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

काठमाडौं । पछिल्ला वर्षहरूमा वानप्लस विश्वव्यापीरूपमा चर्चित ब्रान्ड बन्न सफल भएको छ । कम्पनीले ल्याउने विशेष उत्पादनहरू युनिक विशेषताहरू तथा आकर्षक डिजाइनकासाथ २०१६को उत्कृष्ट स्मार्टफोन बन्न सफल भएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार वानप्लस संभवतः उत्कृष्ट सफल कथाहरूका साथमा पछिल्ला वर्षहरूमा आएको छ र यो मोबाइलको क्षेत्रमा संभवतः सबैभन्दा धेरै हेरिने ब्रान्डमा पर्दछ ।

वानप्लसले पहिलोपटक वानप्लस वान सार्वजनिक गरेको थियो भने त्यसपछि वानप्लस २ र अहिले कम्पनीले आफ्नो सबैभन्दा उत्कृष्ट र विशेष स्मार्टफोन वानप्लस ३ लिएर आएको छ । यो सन् २०१६ को एन्ड्रोयडको सबैभन्दा प्रतिस्पर्धी फोनको रूपमा स्थापित भएको छ । कम्पनीले अहिलेको समयमा अन्यभन्दा फरक छ र बजारका लागि विशेष फोनहरू उत्पादन गर्ने गरेको जनाएको छ ।

वानप्लसले सन् २०१६ मा पहिलो स्थानमा आउन सफल भयो । कम्पनीका अनुसार यसले ग्राहकहरू, प्रविधि लेखकहरू तथा विश्लेषकहरूबाट उत्पादनहरूको बारेमा निकै मूल्यवान र महत्वपूर्ण सुझाव तथा सम्मान प्राप्त गरेका छ । यी कारणहरूले अझ बढी जिम्मेवार बनाउँदै वानप्लस ३ स्मार्टफोन विशेष डिजाइन, आकर्षक लुक्स, युनिक फिचर, सूपथ मूल्यका साथमा ग्राहकहरूको आवश्यकतालाई पूरा गर्ने फोन बनेको कम्पनीको दाबी छ ।

वान प्लस ३ उच्च गुणस्तरको प्रविधियुक्त तथा विशिष्ट डिजाइनसहित किन्न सकिने मूल्यमा उपलब्ध छ । वान प्लस ३ ले न्युन बजेटमा अधिक मूल्य तथा सन्तुष्टि प्रदान गर्ने कम्पनीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट