सायोमीको रेडमी नोट–४ नेपाली बजारमा

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

काठमाडौं । दसैँको शुभ अवसर पारेर बत्सल इम्पेक्स प्रालिले चिनियाँ कम्पनीकोे रेडमी नोट–४ मोबाइल नेपाली बजारमा ल्याएको छ ।

दसैँ अफरको योजना सँगसँगै बजारमा भित्राइएको नोट–४ मा ५.५ इन्चको स्क्रिन, हेलिवक्स २० डेकाकोर २.१ गिगाहर्ज, ३ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको सेल्फी, ४१०० एमएएच ब्याटरीका साथै फिंगर प्रिन्ट सेन्सर रहेको छ ।

यसको बजार मूल्य ३२ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । विभिन्न उत्कृष्ट प्रविधिको समिश्रण रहेको यस फोनले सरल मूल्यमा गुणस्तरीय कायम राखेको कम्पनीले जनाएको छ ।

दसैंको अवसर पारेर वत्सल इम्पेक्सले आफ्नो आधिकारिक सोरुम लबिम मल पुल्चोकमा उद्घाटन गरी सञ्चालनमा ल्याएको छ । जसमा एमआइको फोन सेटको साथसाथै एमआइका टिभी, इइरफोन, स्पिकर, वाटर प्युरीफायर, सेल्फी स्टिक, ट्याबलेट रहेको छ ।

अबको केही सातामा न्युरोड ताम्राकार कम्पलेसको अगाडि एमआइको दोस्रो आधिकारिक सोरुम खुल्ने जानकारी कम्पनीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट