ज्वेलरी महोत्सवमा दर्शकको घुइँचो

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

ललितपुर । नेपालीहरूको महानपर्व वडादसैं तथा तिहारलाई लक्षितगरी गोल्डेन डायमन्ड एन्ड ज्वेलरी कम्पनीले सञ्चालनमा ल्याएको ‘दसैँ–तिहार महोत्सव’ मा दर्शकको घुँइचो देखिएको छ । पर्वका अवसरमा नयाँ डिजाइनका गरगहनाहरू एउटै थलोबाट सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सुरुकै दिनदेखि दर्शकको औरिएका हुन् ।

गोल्डेन डायमन्ड एन्ड ज्वेलरी कम्पनीका अध्यक्ष ज्ञानुराज शाक्यले दसैँ र तिहारको अवसरमा उच्च गुणस्तरीय गरगहना सहज र सुपथ मुल्यमा एउटै थलोबाट उपलब्ध गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए । ललितपुरको मंगलबजारको हखाटोलमा असोज १३ देखि सञ्चालनमा आएको महोत्सव कात्तिक १४ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवको अवसरमा सुन तथा हिराका गरगहना खरिदगर्ने ग्राहकलाई छुट तथा गिफ्ट ह्याम्पर प्रदान गर्ने व्यवस्था गरिएको छ । अध्यक्ष शाक्यका अनुसार महोत्सवमा ५ देखि ३० प्रतिशतसम्म नगद छुटका साथै प्रत्येक ग्राहकलाई गिफ्ट ह्याम्पर र अन्तिममा १ जनालाई लक्की ड्रमार्फत विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

डायमन्ड एन्ड ज्वेलरी कम्पनीले बिक्रीगर्ने डायमन्डका सामग्रीहरू उच्च गुणस्तरीय हुने अध्यक्ष शाक्यले बताए । सो कम्पनीबाट बिक्री हुने सबै गरगहनाको ग्यारेन्टी कार्यसमेत उपलब्ध गराइने, सबै गरगहना हलमार्क अनुसार हुने र ग्राहकले चाहेमा जहिलेसुकै पनि त्यसलाई उचित मूल्यमा फिर्तासमेत गर्न सक्नेछन् । ग्यारेन्टी कार्ड अनुसार गरगहना टुटफुट भएका विनाशुल्क मर्मत गरिने नीति पनि कम्पनीले लिएको छ ।

यस्तै आधुनिक सूचना प्रविधिको प्रयोगमार्फत विश्वभर गरगहनाको निर्यातगर्ने योजनासमेत कम्पनीले बनाएको उनले बताए । अनलाइनमार्फत गरगहना अर्डरगरी विश्वको कुनै पनि स्थानमा सहजै पाउन सकिने उनले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट