टियू क्रिकेट मैदान केप टाउन जस्तै : जडेजा

प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, १७ असोज । भारतीय पूर्व–क्रिकेटर अजय जडेजाले क्रिकेट खेलाडीको लागि दर्शक निकै महत्वपूर्ण रहने बताएका छन् ।

राजधानीमा आइतबार सञ्चारकर्मीहरूसँग अन्तत्र्रिmया गर्दै जडेजाले त्रिभुवन विश्वविद्यालय(टियू) क्रिकेट मैदानलाई केप टाउन मैदान (दक्षिण अफ्रीकाको केपटाउनमा रहेको मैदान )को संज्ञा दिएका छन् । हाल नेपाल भ्रमणमा रहेका जडेजाले नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुबिधासम्पन्न नभएपनि केपटाउन जस्तै लागेको प्रतिक्रिया दिए ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला कस्तो लाग्यो भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘मलाई निकै सुन्दर लाग्यो । यो मैदान मलाई भारतको धर्मशाला जस्तै लाग्यो । त्यस्तै उनले क्रिकेट खेलाडीहरूको लागि दर्शक नै महत्वपूर्ण रहेको बताएका हुन् । ‘जब दर्शकहरू खेल हेर्न मैदान पुग्छन तब मैदानमा रहेका खेलाडीहरूलाई प्रोत्साहन हुन्छ । जडेजाले भने, ‘क्रिकेटरहरूको लागि दर्शक, समर्थक नै महत्वपूर्ण हुन्छ जुन मैले खेलाडी जीवनमा बुझेको हु ।’

४५ वर्षीय जडेजाले सन १९९२ बाट २००० सम्म भारतीय राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले राष्ट्रिय टिमबाट १५ टेस्ट र १९६ एकदिवसीय खेलेका थिए । तर, ब्याट्सम्यान जडेजाले म्याच फिक्सिङको आरोपमा ५ वर्ष क्रिकेटबाट प्रतिबन्ध परे । त्यसपछि सन् २००३ मा क्रिकेटबाट सन्यास लिएका थिए । तर, जडेजाले पछि म्याच फिक्सिङमा सफाई पाएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट