चेल्सी र लिभरपुलको जित

प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

लन्डन, १७ असोज । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राती भएका खेलहरूमा लिभरपुल र चेल्सी विजयी भएका छन् । पछिल्लो समय उत्कृष्ट लयमा देखिएको लिभरपुलले स्वान्सी सिटीलाई उसैको मैदानमा २–१ ले पराजित ग¥यो । खेलमा स्वान्सी सिटीका लिरोए फरले पहिलो गोल गरे । तर, लिभरपुलका रोबर्टो फर्मिनो र जेम्स मिल्नरले १–१ गोल गर्दै टोलीलाई विजयी गराए ।

स्वान्सीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले घरेलु टोलीको अग्रता उल्टाउँदै जित निकालेको हो । खेलमा सुरुआती अग्रता भने स्वान्सीले औँ मिनेटमा लोरी फेरको गोलबाट लिएको थियो । पहिलो हाफ १ गोलले पछि परेको लिभरपुल .ले दोस्रो हाफमा दुई गोल फर्काउदै जित निकाल्यो । खेलको ५४औँ मिनेटमा फिरमिनोको गोलबाट लिभरपुल खेलमा फर्कियो । त्यसपछि खेलको ८४आँै मिनेटमा मिल्नरले १ गोल गर्दै लिभरपुललाई जित दिलाए । जितसँगै लिभरपुलले ७ खेलबाट १६ अंक जोडेको छ । र, शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा २ अंकले पछि छ ।

अर्को खेलमा चेल्सीले उसैको मैदानमा हल सिटीलाई २–० ले पराजित ग¥यो । खेलमा चेल्सीलाई विजयी गराउन विलियन र डिएगो कोस्टाले १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा २ गोल गर्दै चेल्सीले जित निकालेको हो । चेल्सीले ६१औँ मिनेटमा विलियनको गोलबाट अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि नै कोस्टाले गोल गर्दै चेल्सीलाई जित दिलाए । जितसँगै चेल्सी लिगको छैटौँ स्थानमा उक्लिएको छ ।

चेल्सीले लिगमा ७ खेलबाट १३ अंक जोडेको छ । लिगमा म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहँदा लिभरपुल दोस्रो र टोटनह्याम तेस्रो स्थानमा रहेको छ । प्रिमियर लिगको अंक तालिकामा ६ खेलबाट १८ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । १ खेल बढी खेलेको लिभरपुल १६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राती भएको अन्य खेलमा एभर्टन र क्रिस्टल प्यालेस तथा सन्डरल्यान्ड र वेस्ट ब्रुमले १–१ गोलको बराबरी खेल्यो । वेस्ट ह्याम र मिडल्सबर्ग तथा वाटफोर्ड र बर्नेमाउथले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।  एजेन्सी


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट