रामकृष्णको १५औँ एल्बम सार्वजनिक

प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

काठमाडौं, १७ असोज । नेपाली सुगम संगीतका सफल र चर्चित गायक रामकृष्ण ढकालको १५आँै एल्बम सार्वजनिक भएको छ । उनै ढकालले आफ्नो १५औँ गीति एल्बम आवरणाको काठमाडौंको पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भव्य रूपमा सार्वजनिक गरेका हुन् ।

एल्बम उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट विमोचन गरिएको थियो । यो एल्बममा ११ वटा गीत समावेश गरिएको छ । पुराना पुस्ताका आनन्द अधिकारीदेखि नयाँ पुस्ताका रमेश बिजीसम्मका गीतकारले एल्बममा शब्द कोरेका छन् । एल्बममा उत्तम संजेल, रमेश बिजी, आनन्द अधिकारी, बिनोद बन्जारा, एक नारायण भण्डारी, डा.आशबहादुर तामाङ, देवेन गिरी, प्रज्ज्वल शमशेर जबराले शब्द कोरेका छन् ।

हरि लम्साल, न्यू बज्रचार्य, राजेश थापा, शिखर सन्तोष, सुगम पोखरेल, किरण कँडेललगायत संगीतकारको संगीत समावेश गरिएको छ । कार्यक्रममा गायक ढकालले आफ्ना एक दर्जन गीत प्रत्यक्ष गाएर सुनाएका पनि थिए । कार्यक्रममा नेपाली चलचित्र, सांगीतिक क्षेत्रका चर्चित हस्तीहरूको उपस्थित थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट