पोखरामा पाँचौँ संस्करणको फुटबल प्रतियोगिता हुने

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

पोखरा, ३ असोज । असोज दोस्रो सातादेखि पोखरामा पाँचौँ संस्करणको संगम कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।
संगम क्लबको आयोजनामा माछापोखरी खेल मैदानमा यही असोज १५ देखि २२ गतेसम्म उक्त प्रतियोगिता हुने भएको क्लबका अध्यक्ष शिव गुरुङ (माया) ले बताए ।

उहाँका अनुसार संगम, एलजी, हङकङको मुख्य प्रायोजनामा छ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा देशभरबाट करिब ४० टिमको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा विजेता टिमलाई रु एक लाख २१ हजार १११ र दोस्रो हुने टिमलाई भने रु ६१ हजार १११ साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु पाँच हजार प्राप्त गर्ने भएको छ । त्यसै गरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्टाइकर, उत्कृष्ट डिफेन्स र हाइस्कोररलाई जनही रु दुई÷दुई हजार नगदसहित ट्रफि प्राप्त गर्ने छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट