सञ्चिताको अघि त फूल नै बेकार !

प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २ असोज । यसपालीको तिहारमा रिलिज हुने नेपाली चलचित्र ‘राधा’को नयाँ गीत सार्वजनिक भएको छ । डा.कृष्णहरी बरालको शब्द रहेको ‘फूल सारा बेकार छन्’ बोलको गीतमा बसन्त सापकोटाको संगीत र राजेश पायल राईको आवाज छ ।

गीतमा नायक जिवन लुइँटेल र नायिका सञ्चिता लुइँटेलको अभिनय छ । नेपालको सुन्दर प्रकृतीलाई गीतमा समेटिएको छ । गीतमा कोरियोग्राफी कविराज गहतराजको रहेको छ । योगेश घिमिरेको निर्देशनमा बनेको ‘राधा’मा सञ्चिता लुइँटेल र जिवन लुइँटेलको प्रमूख अभिनय छ । चलचित्रलाई मानकृष्ण महर्जनले छायांकन गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट