फिफा र बालोन डि’ओरको सहकार्य टुट्यो

प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

१ असोज, काठमाडौं । फिफाले विश्वको उत्कृष्ट खेलाडीलाई दिइने अवार्ड बालोन डि’ओरसँगको सहकार्य तोडेको छ । यो अवार्ड १९५६ देखि फ्रान्स फुटबलले दिँदै आएको थियो भने फिफाले १९९१ देखि वर्ल्ड प्लेयर अफ दि इयर अवार्ड दिने गरेको थियो । तर, २००९ देखि फिफासँग मिलेर बालोन डि’ओर प्रदान गरियो ।

अब बालोन डि’ओर अवार्डलाई फान्सेली पत्रिकाले जारी राख्ने छ । र, यसबारे २० सेप्टेम्बरमा थप जानकारी दिइनेछ ।

फिफाले पनि आफ्नो छुट्टै अवार्ड दिनेछ । र, यसको पनि विस्तृत जानकारी अहिले केही दिइएको छैन ।

बार्सिलोनाका मेस्सीले अन्तिम पटकको सहित चार बालोन डि’ओर जिते भने रोनाल्डोले दुई पटक जितेका छन् । २००७ मा भने काकाले डि’ओर र फिफाको उत्कृष्ट खेलाडी पुरस्कार जितेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट