मकवानपुरको पहिलो सामुदायिक वन एक चिनारी

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

अर्जुनप्रसाद दाहाल (अध्यक्ष  चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह, हटौंडा–६)

मकवानपुर जिल्लाको पूर्व जिल्लाकै सदरमुकाम हेटौंडाबाट ७.५ किलोमिटर पूर्वमा पर्ने चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै प्रथम हस्तान्तरित सामुदायिक गुरु समूह हो । यस सामुदायिक वन उपभोक्ता समूह ऐतिहासिक मकवानपुर गढी दरबार प्रवेशद्वारसाथै ऐतिहासिक गुप्तेश्वरीदेवी गुफा थानको समेत प्रवेशद्वारको रुपमा परिचित छ ।

यस साबउ समूहको क्षेत्रभित्रका खोल्छा, खोला, ताल नदी र सिमसार क्षेत्रमा चुच्चेबाम माच्छा पाईने हुँदा यस ठाउँ र वनको नामाकरण समेत चुच्चेखोला रहन गएको हो । विक्रम सम्बत २०४० सालभन्दा अगाडि वन फडानी, चोरी तस्करी र जथाभावी वन मासी खोरिया फडानी गरेको देखिएपछि यहाँका अग्रज व्यक्तित्वहरु रुद्रनाथ न्यौपाने, देवप्रसाद घिमिरे, माधवप्रसाद पराजुली, लक्ष्मण कटुवाल, हरिप्रसाद अधिकारी, यमलाल तिमल्सिना, भैरवबहादुर राई, विशालकुमार विडारी, दामोदर देवकोटा, धु्रवप्रसाद सञ्जेल, कमानसिंह गोले, प्रेमनाथ लम्साल, कुमारमणी दाहाललगायतका व्यक्तित्वहरुद्वारा संयुक्त वन संरक्षण उपभोक्ता समिति गठन गरी सशक्त वन संरक्षण कार्यक्रम थालिएको हो ।

२०४७ फाल्गुण १५ गते सम्बन्धित निकायमा दर्ता गरी संरक्षण कार्यक्रम थालिएको यस समितिले वन ऐन २०४९ को दफा ४१ र ४२ र वन नियमावली २०५२ को नियम २७ अनुसार वनको ४ किल्ला छुट्टाई आफ्नो गतिविधिलाई विधिवत रुपमा सञ्चालन गर्दै आएको छ । वन विभाग, सामुदायिक वन महाशाखाले निर्दिष्ट गरेको नियामावली र मार्गदर्शनको पूर्ण पालना तथा सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय कार्यसमितिले वनमाथिको हस्तक्षेप, अधिकार कटौतिको विरोध, कार्यक्रममा समेत सक्रीयता जनाउदै वन संरक्षण–सम्बद्र्धन तथा सदुपयोग, गरिवी न्युनिकरणतर्पm विशेष जोड दिदै आजको हराभरा, सम्मुन्नत वन क्षेत्र निर्माण गर्न सफल भएको छ । विश्वकै ध्यानाकर्षण हुने कामहरु आएको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको गर्व गर्न लायक कामहरु थुप्रै रहेका छन् ।

संस्था गठन गरिएपछि उक्त संस्थाले २०५१÷०५२ मा जिल्ला स्तरीय सामुदायिक वन प्रथम पुरस्कार हात पार्न सफल भएको थियो । २०६२÷०६३ मा सर्वमान्य गणेशमान सिंह वन संरक्षण राष्ट्रिय पुरस्कार प्रथम स्थानका लागि विभागीय निर्णय भई जानकारी प्राप्त भएको तर तत्कालीन् राजा ज्ञानेन्द्र शाहले सत्ता आफ्नो हातमा लिए पश्चात पुरस्कार नै रद्द हुन गई प्राप्त हुनु पर्ने पुरस्कार हासिल गर्न नसके पनि २०५९ सालमा तृतीय पुरस्कार प्राप्त, २०६६÷६७ मा जिल्लास्तरीय विशिष्ट श्रेणीको पुरस्कार प्राप्त तथा जिल्ला विकास समितिको वार्षिक कार्यक्रममा सम्मान प्राप्त गरेको छ । आर्थिक वर्ष २०७०÷७१ मा सर्वमान्य गणेशमानसिंह राष्ट्रिय पुरस्कारको द्वितीय स्थान हासिल गरी पुरस्कृत हुने अवसर प्राप्त गर्नुका साथै थप उदाहरणीय उपलब्धीहरु हासिल गरी अधिकांश वन सरोकारवालाहरुबीच लोकप्रियता प्राप्त हुन सकेकोमा समितिका सदस्यहरुमा हर्षित देखिन्छन् ।

गरिबी न्यूनिकरण तर्फ समेत चुच्चेखोला सामुदायिक वन उपभोक्ता समितिले विभिन्न गतिविधिहरु पनि सञ्चालन गर्दै आएको छ । वनबाट प्राप्त हुने वस्तुहरुबाट उत्पादन गर्न सकिने विभिन्न सामाग्रीहरु निर्माण गरी बजारीकरण गर्दैै उपभोक्ता समूहमा आबद्ध विपन्न वर्गहरुलाई अवसर प्रदान गर्दै आएको छ । त्यसमा हस्तकला जन्य उत्पादनसम्बन्धी तालिम दिने, व्यावसायिक धुम उत्पादनका लागि तालिम प्रदान गरेको छ भने त्यसै गरी स्थानीय गरिबी परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि बाख्रा पालनसम्बन्धी प्रशिक्षण दिई विउ पूँजी प्रदान गरी सहयोग उपलब्ध गराएको छ ।

बिसेप-एस टी, आरएसयु र डीएसयुबाट कुरिलो लगायत अन्य विरुवाहरु रोपणका लागि आर्थिक सहयोग तथा वैकल्पिक उर्जा एवं वातावरण सुधारका निम्ति गोबरग्यास अनुदान प्राप्त गरी दलित तथा जनजाति र अति न्युन स्तरका उपभोक्ताहरुलाई सहयोग उपलब्ध गराएको । साथै मौरी पालन कार्यक्रममा समूहका सदस्यहरु स्वतः स्पूmर्तमा सहभागी भई आर्थिक उपलब्धीका लागि अघि बढेको पनि एउटा ज्वलन्त उदाहरण हो ।
त्यसै गरी सुगन्धित विरुवा र बाटिका निर्माणका लागि जिल्ला वनस्पति कार्यालय, गल्छि नियन्त्रण, ग्याबिङ्ग तार जाली, फलपूmलका विरुवालगायत बायो इन्जिनियरिङ्गका लागि जिल्ला भू संरक्षण कार्यालयबाट सहयोग लिई काम गर्दै आएको छ । साथै दुर्लभ वन्यजन्तु शालक, चरीबाघ, पहेलो ठोटरी, कालो ठोटरी, सुन गोहोरो, ब्वासो, बाज, निगाले चितुवा, मृग, दुम्सी, वनेल, घोरल, खरायो, वन कुखुरा, बालिज, सुगा, मैना, मयुर जस्ता जनावर एवं पंक्षी बृद्धिमा पनि उदाहरणीय क्रियाकलापहरु बढाउदै लगिएको छ ।

गैर काष्ठ वन पैदवार, जडिबुटीको संरक्षण, स्थानीय उपभोक्ताहरुको लागि खानेपानीको श्रोत व्यवस्थापन, सिमसार क्षेत्रको संरक्षण, विभिन्न प्राकृतिक सम्पदाहरुको संरक्षण न्यायोचित र विना विवाद वन पैदवारको विक्रीवितरण समेत गरिदै आएको छ । त्यसै गरी सामाजिक उत्तर दायित्व निर्वाहका लागि संस्थाले विभिन्न गतिविधिहरुपनि संचलान गर्दै आएको छ । यस उभोक्ताहरुको क्षेत्रभित्रका जेहन्दार, गरिब तथा आर्थिक अवस्था कमजोर भएर पढ्न नसेका विद्यार्थीहरुका लागि आर्थिक सहयोग, उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान, वन संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने उपभोक्ता सदस्यहरुलाई प्रोत्साहन सम्मान तथा बृद्धबृद्धाहरुलाई प्रत्येक वार्षिक उत्सवहरुमा सम्मानसमेत गरिदै आएको छ ।

संस्थाको स्थानपना कालदेखि योगदान पु¥याउने अग्रज व्यक्तित्वहरुको बारमो चर्चा गर्नु पर्दा बिक्रम सम्बत २०४० सालदेखि ४४ सालसम्म र २०४६ सालदेखि ५२ सालसम्म स्थानीय रुद्रनाथ न्यौपानेले उक्त वन उपभोक्ता समूहको अध्यक्षता गरेका थिए । २०४४ देखि ४६ सालसम्म यमलाल तिमल्सिनाको अध्यक्षतामा समूह सञ्चालन भएको थियो भने २०५२ मा देवप्रसाद घिमिरेले अध्यक्षको भूमिका निर्वाह गरी वन क्षेत्र सुधारमा योगदान प्ु¥याइएको थियो । त्यस्तै उक्त वन उपभोक्ता समितिलाई सुचारु गर्न महत्वपूर्ण योगदान पु¥याएका लक्ष्मण कटुवालले २०५३–५५ र २०६१–६५ सालसम्म अध्यक्षता ग्रहण गरेका थिए । स्थानीय समाजसेवी हरिप्रसाद अधिकारीले २०५५देखि २०५९ सालसम्म उक्त संस्थाको अध्यक्ष रहेर वन संरक्षणमा अहमा् भूमिका निर्वाह गरेका थिए । स्थानीय समाजसेवी भैरवबहादुर राईले २०५९देखि ६१ सालसम्म र उदय बिडारीले २०६८–६९ सालमा अध्यक्ष बनेर संस्था सञ्चालनमा योगदान पु¥याएका थिए । कार्यवहाक अध्यक्षको रुपमा सरोज फुयालले २०६९÷७० मा र चेतनाथ चौंलागाईले २०७०देखि ७२ सम्म काम गरेका थिए । उक्त संस्थाका वर्तमान अध्यक्ष अर्जुनप्रसाद दाहालले २०६५देखि २०६७ सालसम्म अध्यक्षको भूमिका निर्वाह गरेका थिए ।

मन्त्रीपरिषद्को निर्णयले नेपालमा सामुदायिक वन दिवस मनाउने तयारी भईरहदा चुच्चेखोला वन उपभोक्ता समूहले पनि उक्त दिवस भव्यताका साथ मनाउन लागेको छ । उक्त अवसरमा समतिले संस्थापक कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई भव्य सम्मान गर्न गईरहेको छ । संस्थाले उक्त कार्यक्रमलाई सार्थक र नमूना बनाउन आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट