चिपुरमा बाघले १४ बाख्रा मा¥यो

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

डडेल्धुरा, ३१ भदौ । डडेल्धुराको चिपुर गाविसको धारीमा बिहीबार बेलुका बाघको आक्रमणले १४ वटा बाख्रा मरेका छन् । दिउँसो जङ्गलमा चराउन लगेको बेला बाघले एकैचोटि ठूलो सङ्ख्यामा बाख्रालाई मारेको धारी गाउँका राम ऐडीले जानकारी गराए ।

बाघले चिपुर गाविस धारीका राम ऐडीका तीन, भोज साहुका चार, आम्मर ऐरका तीन, दान विकका दुई र दिनेश ऐरका दुई गरी १४ बाख्रालाई मारेको स्थानीय पीडितले जनाएका छन् ।

पछिल्लो समयमा डडेल्धुरालगायत विभिन्न पहाडी जिल्लामा बाघले पशुचौपायालगायत मानिसलाई समेत बेलाबेलामा आक्रमण गरिरहेका घटनाबाहिर आइरहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट