क्याम्पस प्रमुखमा डा श्रेष्ठ नियुक्त

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

भोजपुर, ३१ भदौ । भोजपुर बहुुमुखी क्याम्पस भोजपुरको लामो समयदेखि रिक्त क्याम्पस प्रमुख पदमा उपप्राध्यापक डा रोहितकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ ।

बिहीबार आफ्नो पदभार ग्रहण गर्दै उहाँले क्याम्पसलाई शैक्षिक एवं प्रशासनिक रूपमा गति प्रदान गर्न सबै विचार समूह, विद्यार्थी र कर्मचारीसँगको समन्वयमा नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको क्याम्पसका सूचना अधिकारी नोदनाथ त्रितालले जानकारी दिए ।

गत वैशाख २७ गते तत्कालीन क्याम्पस प्रमुख हेमन्त राईको चारवर्षे कार्यकाल समाप्त भएसँगै क्याम्पस प्रमुख पद रिक्त रहेको थियो । बीचमा तीन महिनाका लागि निमित्त क्याम्पस प्रमुखका रूपमा शिक्षक नीमा शेर्पालाई जिम्मेवारी दिइएको भए पनि यही भदौ २ गतेदेखि शेर्पालाई दिइएको निमित्तको जिम्मेवारी समाप्त भएसँगै क्याम्पस नेतृत्वविहीन भएको थियो ।

श्रेष्ठले यसअघि २०६२ वैशाख ३ देखि २०६४ पुस ८ गतेसम्म भोजपुर बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुखका रूपमा जिम्मेवारी सम्हालि सक्नु भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट