मिर्गौैला रोगीलाई आर्थिक सहयोग

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

मोरङ, ३१ भदौ । मोरङ राजघाट–८ निवासी मिर्गाैलाबाट पीडित हुनुभएकी राधादेवी कटुवालको उपचारका लागि बिहीबार साँझ उर्लाबारीमा सहयोग रकम हस्तान्तरण गरिएको छ ।

छोरी घर उर्लाबारीमा साउदी अरबबाट छुट्टीमा स्वदेश आएका उर्लाबारी—४ का गोपाल कार्कीले १५ हजार रुपैयाँ मिर्गौैला रोगी कटुवालकै हातमा हस्तान्तरण गरेको हो । कार्कीले आफ्नो घरगाउँको पीडालाई आफ्नै पीडा सम्झेर सानो सहयोग गरेको बताए । कार्कीले आफूले विदेशमा आफू र आफ्नो साथीबाट सहयोग सङ्कलन गरेको बताए ।

हस्तान्तरण कार्यक्रममा समाजसेवी कुलबहादुर कार्की, स्थानीय सञ्चारकर्मी तेजन खड्का, न्यानो अभियान उर्लाबारीका प्रतिनिधि ज्ञानु योन्जन लामा, महेन्द्र थेगिम र बिरामीको परिवार तथा छिमेकीको उपस्थिति थियो ।

बिरामीकी छोरी रीताले आफ्नो क्षमताले भ्याएसम्म गरिसकेको र उपचार गर्ने रकम अभावमा आमा जीवनमरणको दोसाँधमा रहेको बताइन। उहाँले  “आर्थिक समस्यामा केही मलमपट्टी भए आमाले नयाँ जीवन पाउनुहुने थियो ” भन्दै उपचारका लागि सहयोग गर्न पुनः अनुरोध गरेकी छिन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट