प्राचार्यको स्वागत, ताला खोल्न आग्रह

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

इटहरी, ३१ भदौ । धरानस्थित पिण्डेश्वर विद्यापीठका नवनियुक्त प्राचार्य डा चन्द्रमणि नेपाललाई बिहीबार विद्यापीठ परिसरमा स्वागत गरिएको छ ।
नेपाल विद्यार्थी सङ्घ पीण्डेश्वर इकाईले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा काँग्रेस सुनसरी सचिव एवं प्रवक्ता सुजेन्द्र तामाङले लामो समयदेखि प्राचार्यविहीन हुंँदा क्याम्पसको प्रशासनिक कामकारबाही तथा पठनपाठनमा असहजता हुँदै आएकामा प्राचार्य नियुक्तिपछि क्याम्पसको सबै गतिविधि सञ्चालन हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्राचार्य नेपाल, काँग्रेस क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नगर सभापति तिलक राई, नेपाल विद्यार्थी सङघका केन्द्रीय सदस्यद्वय चन्द्रसुन्दर खेवाङ र ममता राई, पूर्वविद्यार्थी श्याम पोखरेल, संस्कृत विश्वविद्यालय कर्मचारी सङ्घका केन्द्रीय सचिव भेषबहादुर निरौला, संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति डिकराज पौडेल, प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सभापति भवानी भट्टराई लगायतले बोलेका थिए ।

सोही अवसरमा यसअघि कलेजमा लगाइएको ताला तत्काल खोल्नसमेत नेपाली काँग्रेसले आग्रहसमेत गर्दै सीमित स्वार्थ पूरा गराउने बहानामा विद्यार्थीको भविष्यमाथि खेलबाड हुने कार्य नगर्नसमेत आग्रह गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट