डेङ्गुका बिरामी पत्ता लगाउने ‘किट’ अभाव

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

कञ्चनपुर, ३१ भदौ । कञ्चनपुरमा डेङ्गुका बिरामी पत्ता लगाउने ‘किट’ अभाव भएको छ । ‘किट’ अभाव हुँदा डेङ्गुका बिरामी पत्ता लगाउन गाह्रो भएको हो ।
जनस्वास्थ्य कार्यालय कञ्चनपुरका किटजन्य रोग अधिकृत हेमराज जोशीले डेङ्गु रोग पत्ता लगाउने ‘किट’ स्वास्थ्य विभागबाट माग गरेको धेरै समय बिते पनि अझैसम्म उपलब्ध हुन नसकेको बताए । बारम्बार विभागलाई किट उपलबध गराईदिन माग गर्दै आएका भएपनि अझैसम्म उपलब्ध हुन नसकेको उहाँले बताए । “अस्पतालमा डेङ्गुका शङ्कास्पद बिरामी आउने गरेपनि ‘किट’ उपलब्ध नहुँदा परीक्षणका लागि अन्यत्र पठाउनुपर्ने अबस्था छ”, उहाँले भने ।
शङ्कास्पद डेङ्गुका बिरामी हप्तामा दुई÷तीनजना आउने भएपनि रोग यकिन गर्न नसकिँदा समस्या भएको छ । एजिड एजिप्टाई जातिको पोथी लामखुट्टेबाट सर्ने डेङ्गु भारतीय राजधानी दिल्ली लगायतका क्षेत्रमा फैलिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था आएको भएपनि किटकै समस्या रहेको अधिकृत जोशीको भनाइ छ ।
यस वर्ष भारतबाट काम गरेर फर्केका कञ्चनपुरका दुईजनामा मात्रै हालसम्म डेङ्गुको सङ्क्रमण भएको पाइएको छ । सङ्क्रमण देखिएका बिरामीको महाकाली अञ्चल अस्पतालमा उपचारपछि निको भई घर फर्किसकेको उहाँले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट