अर्को सिजनको च्याम्पियन्स लिग फाइनल युक्रेनमा हुने

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

सन् २०१८ को च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल खेल युक्रेनको किभ ओलम्पिक रंगशालामा खेलाइने निश्चित भएको छ ।

युक्रेनी फुटबल संघले ७० हजार दर्शक क्षमताको मुलुककै सबैभन्दा ठूलो यस रंगशालामा युरोपियन क्लव फुटबल प्रतियोगिताको फाइनल खेलाइने जानकारी दिएको हो ।

यो रंगशालाले पहिलो पटक युरोपीयन क्लव फुटबलमा सबैभन्दा ठूलो प्रतियोगिताको फाइनल आयोजना गर्न लागेको हो । तर सन् २०१२ को युरोकपको फाइनल खेल भने यही रंगशालामा खेलाइएको थियो ।

च्याम्पियन्स लिगको यस सिजनको फाइनल खेल वेल्सको कार्डिफस्थित प्रिन्सिपालिटी रंगशालामा खेलाइनेछ ।

रुसले विश्वकप फुटबल आयोजना गर्ने समयभन्दा १ महिना अगाडि युक्रेनलाई च्याम्पियन्स लिगको फाइनल खेलाउन दिने निर्णय भएको छ ।

सन् २०१४ मा रुसले युक्रेनी भूमी क्राइमियालाई आफुमा समाहित गरेपछि त्यहाँ अशान्ति मच्चिएको थियो । युरोपियन फुटबल महासंघ युइउफएले सन् २०१४ को जुलाइयता क्लव फुटबल प्रतियोगितामा रुस र युक्रेनका क्लवलाई एकै समूहबाट प्रतिस्पर्धा गराउन रोक लगाउँदै आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट