गोरेटो र गल्ली उस्तै छाडेर गए सुनील

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २९ भदौ । ‘गोरेटो अनि उस्तै छ गल्ली’जस्ता दर्जनौँ चर्चित गीतका गायक तथा संगीतकार सुनील बर्देवा अब रहेनन् । मंगलबार साँझ यस धर्तीबाट सदाका लागि अन्तिम सास फेरेका सुनीलको बुधबार पुशपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कुसल गिटारिस्ट तथा एरेञ्जरसमेत रहेका सुनीलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो १ बजेदेखि ३ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीका राखिएका थियो । ‘गोरेटो अनि उस्तै छ गल्ली’ यही उनको लोकप्रिय गीत गाएर सुनीललाई श्रद्धाञ्जली चढाइएको थियो ।

sunil-bardewa2

युवापुस्ताका लोकप्रिय गायक सुनीललाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न कलाकार तथा सर्वसाधारणको भीड लागेको थियो । सुनीलको पार्थिव शरीरलाई नेपाल संगीतकार संघको झन्डा ओढ्याएर सम्मान गरिएको थियो ।

पप संगीतको एक मेरुदण्ड सुनील गायनमा मात्र नभई गीत लेखन, संगीत, संगीत संयोजन (एरेन्ज) र वाद्यवाधनमा पनि उत्तिकै पोख्त थिए । मंगलबार अचानक बिरामी परेपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका उनमा जन्डिस संक्रमण देखिएका थियो । उनको उपचारकै क्रममा निधन भएको थियो । सुनीलकोे १ छोरा र २ छोरी छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट