युट्युबमा ‘बिजुली मसिन’ को ट्रेलर

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २९ भदौ । आगामी २६ कात्तिकलाई रिलिज मिति तोक्दै नेपालकै पहिलो साइन्स फिक्सन फिल्म ‘बिजुली मसिन’को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ ।

सिलौटी इन्टरटेनमेन्टको ब्यानरमा नविन अवलले निर्देशन गरेको फिल्मको सार्वजनिक ट्रेलरमा हावाबाट बिजुली निकाल्न युवाहरूले गरेको संघर्षलाई प्रस्तुत गरिएको छ ।

निर्देशक अवालले ऊर्जा संकटका कारण देशले भोग्नुपरेको नियति र आमनेपालीमा देखिएको असहजता र अभावको दैनिकीलाई फिल्मले कलात्मक ढंगले देखाउने बताए । ‘फिल्मले नयाँ आविष्कारको निम्ति प्रयासरत साइमन नामक एक विद्यार्थी र अलौकिक क्षमता भएको विज्ञान संकायकै उसको साथी प्रतिकको कथालाई प्रस्तुत गरेको छ,’ निर्देशक अवालले भने,‘ यी दुवै विद्यार्थी समाजमा वैकल्पिक ऊर्जा स्रोत खोजी गर्नका लागि संघर्षरत रहन्छन् ।’ फिल्ममा नविनकै लेखन छ ।

रिसव आचार्य, सञ्जीव न्यौपाने, दीपेन बस्नेत र सन्तोष लामिछानेको लगानी रहेको फिल्ममा अभिषेक सुवेदी, जीवन अधिकारी, अशेष लुँइटेल, जीवन भट्टराई, रेलीजा श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी भुसाल, कमलमणि नेपाल, रियर राई, आकाश मगर, अभिषेस नेपाल, अमृतबाबु केसी, विनिता गुरुङ, रामबाबु रेग्मी, ऐश्वर्या भट्टराई, कृष्ण लुँइटेल र सन्दीप पौडेलको अभिनय छ । राजेश हमाल विशेष भूमिकामा रहेको फिल्ममा रोहित शाक्यको संगीत, हरि हुमागार्इंको छायांकन छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट