महावीरलाई स्वीडेमा रहेका नेपालीको सहयोग

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

स्वीडेन । राष्ट्रिय आविस्कार केन्द्र स्थापना गर्ने अभियानमा रहेका महावीर पुनलाई स्वीडेनमा बसोबास गर्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

अध्ययन, पेशा व्यवसायका क्रममा स्वीडेनमा रहेका नेपालीहरुले राष्ट्र बिकासको बृहत अभियानमा पुनलाई साथ दिन भन्दै १ लाख १२ हजार २० रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

सहयोग रकम उनको अभियानको लागि निक्कै थोरै भए पनि भविश्यमा यस्ता सहयोग जारी राख्ने सहयोगी व्यक्तिहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले महावीर पुनको महान अभियानमा सहयोग गर्न देश बिदेशबाट सक्दो सहयोग गर्न अपीलसमेत गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट