एनआरएनएको दोश्रो अफ्रिका क्षेत्रीय बैठक दार-ए-सलाममा हुने

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

गैर आबशिय नेपाली संघको दोश्रो अफ्रिका क्षेत्रीय बैठक तान्जानियाको राजधानी दार-ए- सलाममा यही डिसेम्बर २४ (२५ ,२०१६ मा सम्पन्न हुने भएको छ । बैठक एनआरएनए तान्जानियाको आतिथ्यमा र नेपाल दुतावाश दक्षिण अफ्रिकाको सह्कार्यमा आयोजना हुँदैछ ।

बैठकले अफ्रिकामा रहेका नेपालीका समस्या , नेपाल दुतावास र निकायको न्युन उपस्थितिले परी रहेको समस्या ,गैरकानुनी मानब ओसारपसार ,अफ्रिका राहत कोष तथा अफ्रिका र नेपाल बिच पर्यटन अनुभव आदान- प्रदान लगाएत बिषयमा छलफल गर्नेछ ।

बैठकमा एक दर्जन भन्दा बढी अफ्रिका स्थित एनआरएनएका राष्ट्रिय समितीहरुको उपस्थिती रहनेछ ।

बैठकको आयोजना गर्न अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्की संयोजक र एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापा सह्संयोजक रहेको एक आयोजक समिती गठन भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट