च्याम्पियन्स लिग फुटबल : बार्सिलोनाको सानदार जित मेस्सीको छैटौँ ह्याट्रिक

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

एजेन्सी

नाउ क्याम्प, २९ भदौ । लिओनल मेस्सीले च्याम्पियन्स लिगमा छैटौं हृयाट्रिक पुरा गर्दा बाार्सिलोनाले सेल्टिकलाई अहिलेसम्मकै ठूलो हार चखाएको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो पहिलो खेलमा बार्सिलोनाले सेल्टिकलाई ७–० गोलको फराकिलो अन्तरले हराएको हो ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा मेस्सीले तेस्रो मिनेटमा नै गोलको खाता खोले । खेलको २४ औं मिनेटमा नै सेल्टिकले बराबरी गोल गर्ने मौका पाएको थियो । बार्सिलोनाका गोलकिपरले पेनाल्टी एरियामा फल गरेपछि रेफ्रीले सेल्टिकलाई पेनाल्टी दियो । तर, मौउसा डेम्बेले गोल गर्न चुके । उनले दाँया कर्नर च्यापेर हानेको बललाई बार्सिलोनाका गोलकिपर रोकेका छन् । त्यसको तीन मिनेट लगतै मेस्सीले दोस्रो गोल गरे । पहिलो हाफमा घरेलु टोली २–० ले मात्रै अगाडि थियो ।

दोस्रो हाफमा पनि बार्सिलोनाको दबदबा रह्यो भने सेल्टिक खेलमा फर्कनै सकेन । ५०औँ मिनेटमा नेयमारले फ्रि किक गोल गरे भने ५९औँ मिनेटमा आन्द्रे इनिष्टाले गोल गरे । त्यसको केही क्षणमा नै मेस्सीले ह्याट्रिक पूरा गरे । त्यसपछि गोल गर्ने पालो लुइस आयो स्वरेजको । लिभरपुलमा २ सिजनसँगै बिताएका उनले पूर्वप्रशिक्षक ब्रेन्डन रोजर्सको क्लब सेल्टिकविरुद्ध ७५ र ८८औँ मिनेटमा गोल गरे र बार्सिलोनाले ७–० को जित हात पारेको छ ।

पछिल्लो २ सिजनमा बार्सिलोनाका स्ट्राइकरहरू मेस्सी, स्वरेज र नेइमारले संयुक्त रुपमा २ सय ५३ गोल गरेका थिए र १ सय २० भन्दा बढी गोलका लागि पास पनि दिएका थिए । यो संख्या सिजनको सुरुमा नै बढेको छ । र, २ सय ६६ गोल र १ सय २८ गोलपास भएको छ । मेस्सीले ह्याट्रिक पूरा गरे, नेयमारले १ गोल गरे भने ५ गोलका लागि पास मिलाए ।

सेल्टिकविरुद्ध मेस्सीले दोस्रो गोल नेयमारसँगको सहकार्यमा सेल्टिकका डिफेन्डरहरूलाई जिल्याउँदै गरेका थिए । बार्सिलोनाको मुभमेन्ट निकै लोभलोग्दो थियो । फुटबल हो, तर यस्तो रुपमा शायदै स्कटल्याण्डमा कसैले थाहा पाएका छैन । ५०औँ मिनेटमा नेइमारले फ्रिकिकमा निकै सुन्दर गोल गरे । सेल्टिकको गोलकिपरले बल त छोए, तर, रोक्न सकेनन् । इनिस्टाले बार्सिलोनाका लागि चौथो गोल गरे, जुन नेयमारको पासमा भयो । त्यसको ७२औँ सेकेन्डमा सेल्टिकको अर्को गोल खायो र मेस्सीले च्याम्पियन्स लिगमा छैटौँ ह्याट्रिक गरे ।

नेयमारको पासमा स्वरेजले बार्सिलोनाका लागि सातौँ गोल गरेपछि सेल्टिकले युरोपमा अहिलेसम्मकै ठूलो हार व्यहोरेको छ । अर्थात बार्सिलोनाको अर्को शिकार सेल्टिक बन्यो । क्याटलानले यस्तै ठूलो जित युरोपियन प्रतियोगितामा पछिल्ला वर्षहरूमा निकाल्न सफल भएको छ । सोमबार सेल्टिकका प्रशिक्षक रोजर्सले भनेका थिए कि विपक्षी खेलाडीहरूले जति रोक्ने प्रयास गरे पनि महान खेलाडीहरूले स्पेस निकाल्छन् । बार्सिलोनाले नाउ क्याम्पमा त्यस्तै स्वतन्त्रता पाएको छ र त्यसले भ्रमणकारी टोली सेल्टिकलाई भने पीडा दिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट