आदिवासी जनजातिको सामाजिक विकास मेरो प्राथमिकतामा छ

प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार
Pasang Sherpa

पासाङ्ग शेर्पा, सचिव :नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ
राजनीतिक शास्त्रमा स्नाकोत्तरसम्मको अध्ययन गरेर राजनीतिक अभ्यासमा सक्रीय रहेका पासाङ्ग शेर्पा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका वर्तमान सचिव एवं आसन्न महाधिवेशनमा महासचिव पदका लागि महासचिव पदका प्रत्याशी हुन् । दोलखा जिल्लाको आलम्पु गाविसको हिमाली कृषक परिवारमा विक्रम सम्बत २०२५ साल साउन ५ गते जन्मिएका पासाङ्ग शेर्पा नेकपा एमालेका विभिन्न भातृ संगठनहरुको नेतृत्वमा रही राजनीतिक अभ्यास गर्दै आएका छन् । उनले नेकपा एमालेका जनजाति विकासका लागि गठित नेपाल लोकतान्त्रिक शेर्पा संघको संस्थापक अध्यक्ष भएर काम गरिसकेका छन् । महेन्द्र रत्न क्याम्पस ताहाचलमा स्ववियुमा सचिवको भूमिकामा रहेर विद्यार्थी राजनीति गरेका शेर्पाले युवा संघ नेपालको खेलकुद विभाग प्रमूख भएर समेत काम गरिसकेका छन् । देशभरीका सम्पूर्ण आदिवासी जनजातिको राज्यमा हक अधिकार र समग्र विकास आफ्नो जीवनको लक्ष्य भएको र आदिवासी जनजातिको मानवीय विकासमा आफ्ना गहन धारणाहरु सहित विभिन्न लेख–रचनाहरु आमसञ्चार माध्यमहरुबाट प्रकाशित एवं प्रसारित गर्दै आएका पासाङ्ग शेर्पा ‘हिमाली शेर्पा समाज’ नामक सामाजिक संस्था गठन गरेर सामाजिक सेवामा समेत सक्रीय रहेका छन् । उनी आफ्नो बसोबास रहेको स्थानीय स्तरमा आयोजना गरिने अधिकांश सामाजिक गतिविधिहरुमा संलग्नता जनाउन पछाडि परेका छैनन् । नेकपा एमाले निकटका विभिन्न संघ संगठनहरुमा जिम्मेवार पदमा रहेर काम गर्दै आएका उनले युरोपका अधिकांश देशका साथै एसियाका आधा दर्जन मुलुकहरुको अवलोकन भ्रमण गरेर नेपालको राजनीतिक एवं मानवीय विकासमा आवश्यक अध्ययन समेत गर्दै आएका छन् । प्रस्तुत छ, नेपाल लोकतान्त्रिक आदिवासी जनाजति महासंघको कार्यदिशा र राजनीतिक दलका भातृ संगठनहरुको भूमिकाको विषयमा केन्द्रित रहेर महासंघका सचिव पासाङ्ग शेर्पासँग गरिएको कुराकानीको सम्पादित अंश ः
० राजनीतिक दलहरुले मुलुकभित्र जातीय मुद्दाहरु राजनीति गर्दै आएका छन्, यहाँको बुझाईमा यस्तो मुद्दाहरुले कस्तो अर्थ लाग्ने गरेको छ ?
— जातीय मुद्दा उठाएर राजनीति गर्ने दलहरु मध्ये कुनै कुनैले अतिवादी चरित्र देखाएर जातीय कुरा उठाउँदै समाज नै भंग हुने गरी राजनीति गरिरहेका छन् । जस्ले देशभित्रका जात जातिको हित गर्नुको सट्टा अहित गरिरहेको हुन्छ । तर जातीत्वकै हिसाबले देशभरका पछाडि परेका वा पारिएका जात जातिलाई सामाजिक न्याय दिलाउने हिसाबले जातीय मुद्दा उठाएर राजनीति गर्नु सान्दर्भिक हुन्छ । जातीय मुद्दा उठाउने पनि दुई तरिका मानिएका छन् । एउटा हार्ड लाईनर र अर्को सफ्ट लाईनर । हार्ड लाईनर राजनीतिक दलहरुले अरुलाई निषेध गरेर आपूm मात्रै एकलौटी ढंगबाट अगाडि बढ्दै सामाजिक सद्भाव नै खल्बल्याउने हिसाबले डिडिरहेका छन् । तर हामी अर्थात नेपाल लोकतान्त्रिक जनजाति महासंघले राजनीतिक दलको एउटा घटक भए पनि यसलाई सामाजिक सम्यन्त्रमा केन्द्रित रहेर जात जातिको मुद्दालाई एजेण्डा बनाएर जात जातिले राज्यबाट प्राप्त गर्नु पर्ने हक अधिकार दिलाउने पक्ष छ । जुन सुकै पक्षबाट पछाडि परेका वा पछाडि पारिएका जातजातिहरुलाई राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन हाम्रो अभियान जारी छ । समानुपातिक प्रतिनिधित्वको हिसाबले राज्यको पहुँचमा पु¥याउन हामीले खेल्दै आएको भूमिका पनि जग जाहेरै छ । हिजो पञ्चायत कालमा अपनाईएको अवधारणा वा भुटानमा अवलम्बन गरिएको एउटै भाषा धर्म र एउटै भाषा मान्ने भन्ने कुरामा हाम्रो सहमती होइन । एक जातिले अर्को जातिलाई निषेध गरेर अगाडि बढ्ने अर्थात जातीय राज्य स्थापना गर्ने भन्ने हाम्रो अभिप्राय होइन ।
० सामाजिक र राजनीतिक दुईवटै कुराहरुबाट जातजातिको उत्थानको अभ्यासहरु भएको देखिन्छ, तर यो दुई पक्ष एकअर्कामा मिल्ने विषय नभए पनि राजनीतिक दलहरुले आफ्नो भातृसंगठनका रुपमा जातीय संगठनलाई प्रयोग गर्नुलाई यहाँले कसरी हेर्दै आउनु भएको छ ?
— समाजमा सामाजिक चिन्तनका कुरा गर्ने पनि सामाजिक अगुवाहरुले हो, राजनीतिक स्तरबाट राज्यमा सामाजिक न्याय दिलाउने जिम्मेवारी पनि राजनीतिक दलका नेतृत्वपंक्तिले नै हो । यसो हिसाबले हेर्दा राजनीतिक दलभित्र पनि यस्ता मुद्दाहरुलाई राज्यको निर्णायक स्तरमा लैजना सामाजिक अगुवाईहरुको सहकार्य आवश्यक पर्छ । त्यसलाई राजनीतिक मुलधारमा ल्याउन सक्नु पर्छ भन्ने मेरो बुझाई हो । सामाजिक न्याय पाउने कुरामा हामी शेर्पा जातीहरुकै कुरा गर्ने हो भने पनि एक थरीका सम्पन्न परिवारका छन्, एक थरिको साह्रै न्यु आर्थिक स्तर र सामाजिक चेतना भएका शेर्पाहरु रहेका छन् । सबैलाई समान न्याय दिलाउन राजनीतिक नेतृत्वको अभाव पर्छ । राजनीति नेतृत्वले पनि त्यस्ता समस्यालाई सम्बोधन गर्न पनि आफ्ना दलका भातृ संगठनहरुको परिचालन गरेर काम गर्न सक्छन् । यसका लागि राज्यले नै एउटै किसिमको जातजातिसम्बन्धी नीति निर्माण गर्न सक्यो भने यसलाई सबैलाई हित गर्न सक्छ । गएको संविधानमा सभामा प्रतिनिधित्व गराउने क्रममा एमाले पार्टीले एक जाति एक प्रतिनिधित्व अनिवार्य गरेर काम गरियो । यसले केही नै जात जातिको हक अधिकार समस्या समाधान गर्ने कुरामा पहल गरेको देखिन्छ । आफ्नो योग्यता र क्षमता अनि अनुभवको आधारमा प्रतिनिधि सभामा सहभागिता जनाउन पाउने भएपछि जातजातिको समस्या निर्णायक तहसम्म पुग्न सक्ने भयो ।
० एमाले पार्टीको जस्तै अन्य पार्टीहरुको पनि जनजाति तर्पmका भातृ संगठनहरु पनि छन्, उनीहरुसँग एमाले पार्टीको जनजाति संगठनहरुको भिन्नता चाहि कुन अर्थमा रहेको छ ?
— कुनै पनि राजनीतिक दलहरु स्थापना हुदा एउटा दर्शन र सिद्दान्त अनि अभ्यासकोे आधारमा बनेका हुन्छन् । उनीहरुले उठाउने मुद्दाहरु पनि त्यसमा निर्भर रहन्छन् । एमालेमा आबद्ध हुने जनजातिहरु पनि पनि यसै दर्शन र सिद्धान्तबाट प्रभावित भएर नै लागेका छन् । एमाले पार्टीले अतिबादी कुराहरुलाई कहिल्यै पनि स्वीकार्य गर्दैन । आफ्नो जातिको अधिकार प्राप्त गर्न अर्को जातिको अधिकार कुल्चिएर अगाडि बढ्ने कुरामा नेकपा एमाले कहिल्यै मान्यता दिदैन । यस पार्टीमा आवद्ध जातीय संगठनहरुमा पनि यहि सिद्धान्त लागु हुन्छ ।
० नेपाल लोकतान्त्रिक जनजाति महासंघकोले नेपालको जातीय मुद्दालाई कसरी बाहिर ल्याएको छ ?
— नेपालमा संविधान सभाबाट संविधान निर्माण गर्ने प्रक्रियासँगै हाम्रो यो महासंघको पनि जन्म भएको हो । अर्थात २०६३ सालमा यो महासंघको स्थापना भयो । संविधान सभामा जनजातीको मुद्दा उठाउन यस पार्टीमा आवद्ध जात जातीको संगठनहरुबीच एकता हुनु पर्ने जरुरी ठानेर हामीले यसलाई महासंघको रुप दिने प्रस्ताव सफल बनाएर अगाडि बढ्ने क्रममा आज यो महासंघको रुपमा खडा भएको छ । यो बीचमा महासंघले यसमा आवद्ध सदस्य संगठनहरुलाई पार्टीको विधि अनुरुप मुलुकले चाहेको पछिल्लो सामाजिक अभ्यासलाई राजनीतिक तहमा जोडेर परिवर्तनगामी पक्षमा लैजाने काम गरिरहेका छौं । जुन उद्देश्यले यो महासंघ गठन गरिएको हो हामी त्यसै उद्देश्यमा निरन्तर लागेका छौं ।
० नेपाल लोकतान्त्रिक जनजाति महासंघको आसन्न महाधिवेशनमा हुने चुनावमा यहाँले पनि उम्मेदवारी दिने कुराहरु आईरहेका छन्, यो विषयमा स्पष्ट पारिदिनु होस् न ?
— यो महाधिवेशन स्थापना कालदेखि हामी सबैजना मिलेर काम गर्दै आयौं । आजसम्म म सचिव पदमा रहदा पनि महासचिवको भूमिकामा काम गर्दै आएको सम्पूर्ण सदस्य महानुभावहरुले देख्नु भएकै छ । यो महासंघमा अभिभावकको भूमिका काम गरेर लक्ष्य प्राप्त गर्ने कुरामा मेरो सदैव सक्रीयता रही रहने छ । मैले यो आसन्न महाधिवेशनमा दिने महासचिव पदको उम्मेदवारीलाई उहाँसबैले बढो गम्भिरताका साथ लिदै आउनु भएको मैले बुझेको छु । मलाई लाग्छ उक्ता पदमा मलाई नै चयन गरेर महासंघको जिम्मेवारी दिनुहुनछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट