‘ह्यापी डेज’मा दया र प्रियंकाको जोडी

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २८ भदौ । पछिल्लो समयमा दमदार चलचित्रहरू पस्कदै आएका निर्देशक मिलन चाम्मसले ‘ह्यापी डेज’ फिल्मको घोषणा गरेका छन् । भर्खरै उनको निर्देशनमा रहेको चलचित्र ‘वीरविक्रम’ले राम्रै चर्चा कमाएको थियो ।

उनले सोमबार एक कार्यक्रममा दयाहाङ राई र प्रियंका कार्कीलाई जोडी बाँधिदिँदै ‘ह्याप्पी डेज’को घोषणा निर्देशन गर्न लागेको बताएका छन् । फिल्ममा दयाहाङ र प्रियंकाका अलावा विक्की जोशी, सञ्जय गुप्ता आदिको अभिनय रहनेछ । फिल्ममा पैसा कमाउन बेलायत पुगेका युवाहरूको कथा रहनेछ ।

कमेडी–सोसल ड्रामा कथा रहने फिल्म आगामी महिनादेखि फ्लोरमा जानेछ । फिल्ममा ‘वीरविक्रम’ लेखक याम थापाको पटकथा रहनेछ भने संगीत ताराप्रकाश लिम्बु, सम्राट बस्नेतको दन्वद तथा रामकुमार केसी तथा कलिन पिककको छायांकन रहनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट