म्युजिक भिडियोमा ८ वर्षपछि आर्यन र नम्रता

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २८ भदौ । एकसमय नेपाली चलचित्रमा सर्वाधिक रुचाइएको जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठलाई लिएर ८ वर्षपछि म्युजिक भिडियोमा देखिने भएको छ । उनीहरूलाई गायक सुनील गिरीको आवाजमा रहेको गीत ‘मिल्दैन र’को भिडियोमा एकसाथ देखाइएको हो ।

चलचित्रमा यो जोडी लगातार सफल भइरहेको छ । आर्यन–नम्रता अभिनीत पछिल्लो चलचित्र ‘क्लासिक’ सफल भएको थियो । ‘क्लासिक’का एसोसियट निर्देशक विकास सुवेदीको निर्देशनमा तयार भएको भिडियोमा आर्यन र नम्रताको संगीतिक करियर र प्रेमलाई प्रस्तुत गरिएको छ । गायक स्वयंको संगीत रहेको गीतलाई जगदिश तिमिल्सिनाले लेखेका हुन् भने भिडियोमा अनिल मानन्धरको छायांकन र शिलन लम्सालको सम्पादन रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट