“मुलुकको सौन्दर्य हेर्न र पर्यटन प्रबद्र्धन गर्न केही खर्च गरे घुमफिर वर्ष सफल हुन्छ”

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

कृष्ण अर्याल,पर्यटन ब्यबशायी एवम् सदस्य , नेपाल पर्यटन बोर्ड
साहसिक तथा पर्वतीय पर्यटन (ट्रेकिङ्ग व्यसायी) ब्यवसायी कृष्ण अर्याल नेपालको पर्यटन क्षेत्रमा कहलिएका ब्यक्ति हुन् । हाउस अफ ट्राभल एण्ड एडभेन्चर प्रा.लि.का अध्यक्ष अर्याल एक्सीडिशन अपरेटर एसोसियशनका कार्यसमिति सदस्य,साथै निजी क्षेत्रको प्रतिनीधित्व गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्यको भूमिका समेत निर्वाह गर्दै आएका छन् । २०१५ साल बैशाख १४ गते काठमाडौंको नरदेवी टोलमा एउटा सम्पन्न परिवारमा जन्मिएका अर्याल अध्ययनरत छदै आफ्नो खुट्टामा उभिने अभ्यास स्वरुप तत्कालिन आनन्दप्रसाद एण्ड कम्पनी नामक लेखा परिक्षण प्रतिष्ठानमा कर्मचारी भएर काम गर्दै गए र पर्यटन व्यवसायीको लेखा परिक्षण गर्ने क्रममा नेपालको पर्यटनप्रति आकर्षित बन्न पुगेका कारण उनी पर्यटन व्यवसायमा प्रवेश गरेका हुन् ।

युवा अवस्थादेखि नै स्थानीय क्षेत्रमा आफ्ना साथीभाईहरुले थालनी गर्ने सामाजिक कार्यहरु उनी संलग्न रहदै आए र अहिलेसम्म पनि सामाजिक क्षेत्रमा सेवा गर्न उनी कहिल्यै पछि परेनन् । पर्यटन व्यवसायी कृष्ण अर्याल आफ्नो झुकाव बढी बामपन्थि राजनीतिमा राख्दै आएका छन् । यसो हुनुको कारण आफ्नो जन्म भएको वर्ष देशमा सम्पन्न आम चुनावमा आफ्नो क्षेत्रबाट उठेका तत्कालिन उम्मेदवारहरु कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठ र कांग्रेस नेता गणेशमान सिंह दुई नेता उम्मेदवार रहेकोमा गणेशमानलाई भोट कम गएकोले आफ्नो क्षेत्रका पानीको धारा नै काटिएको घटना टोल छिमेकमा अग्रजहरुले भनेको सुनेपछि नै प्रजातान्तिक विचारलाईभन्दा बामपन्थि विचार लिन पुगेका हुन् ।

२०३६ सालमा नेपालमा सम्पन्न जनमत संग्रहमा बहुदलपक्षको खुलेरै प्रचारमा लागेका अर्याल ‘कर्म गर फलको आशा नगर’ भन्ने हिन्दु धार्मिक शास्त्र भागवत गीतामा लेखिएको वाणीलाई मानेर समाजमा कसैको भलो हुने काममा आफ्नो सक्रीयता जनाउदै आएका छन् भने सस्तो लोकप्रियताका लागि आपूmले कहिल्यै कुनै काम गर्ने गरेका छैनन् ।

ट्रेकिङ्ग एजेन्सि एसोसियशन नेपाल (टान) एक कार्यकाल सचिव र एक कार्यकाल कोषाध्यक्ष पदको जिम्मेवारी सम्हालेर व्यावसायिक संगठनमा सेवा गरेका पर्यटन व्यवसायी कृष्ण अर्याल नेपाल पर्वातारोह संघमा समेत सचिव पदको भूमिका निर्वाह गर्न सफल भएका छन् । पर्वतारोहण सञ्चालक संघको स्थापनाकालदेखि नै कार्यसमितिका सदस्य भएर व्यावसायिक संगठनहरुमा संलग्न रहदै आएका उनी नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको उपाध्यक्ष समेत हुन् । अर्याल नेपाल स्पेन मैत्री संघमा पनि व्दितिय उपध्यक्षमा कार्यरत छन् । नेकपा एमालेप्रति झुकाव राख्ने र पार्टीको हितमा समेत काम गर्दै आएका अर्याल नेकपा एमालेको काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनबाट पारित भएको पार्टीको पर्यटन प्रबद्र्धन विभागमा समेत सदस्य रहेका छन् ।

विशेष गरी नेकपा एमाले पार्टीको राजधानीका विभिन्न क्षेत्रका समितिहरुमध्ये इलाका तहदेखि नेतृत्व लिदै नेकपा एमाले एकीकरण हुने अवस्थामा काठमाडौं जिल्लाको उपसचिव पदको जिम्मेवारी वहन गरेका उनले तत्कालीन् अवस्थामा पार्टीको जिल्ला अधिवेशन हुने बेलामा जिल्लाको सदस्य बनेर काम गरे भने पार्टीको अञ्चलस्तरीय काठमाण्डौं समन्वय समिति गठन गर्दा त्यसमा सदस्य समेतको नेतृत्व लिएर काम गरेका छन् । प्रस्तुत छ, नेपालको पर्यटन गतिविधिहरुमा केन्द्रित रहेर पर्यटन व्यवसायी कृष्ण अर्यालसँग लक्ष्मण बजगाईले गरेको कुरा कानी,
 राजनीतिक पार्टीको कुनै न कुनै पदको जिम्मेवारी लिदै आफ्नो व्यवसायलाई पनि सँगसँगै अघि बढाउदै आउनु भएको छ, यहाँको पार्टीले नेपालको पर्यटन उद्योगलाई कसरी हेर्दै आएको पाउनु भएको छ ?

पर्यटन व्यवसायमा संलग्न रहेका पार्टीका सदस्यहरुले नेपालको सम्बृद्धि पर्यटन उद्योगसँग पनि जोडिएको ठानेर आफ्नो पहलमा यो व्यवसायलाई देशका कुना काप्चासम्म फैल्याउन विशेष पहल गर्दै आएका छन् । यसका लागि पार्टीको गतिविधिमा लाग्ने धेरै साथीहरुलाई समेट्दै एउटा निकायको परिचालन गर्नुपर्ने आवश्यकता देखेर पार्टीको निर्णायक तहसम्म यसको प्रस्ताव लगिएपछि नेकपा एमालेले काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनपश्चात एउटा पर्यटन प्रबद्र्धन विभाग गठन ग¥यो, उक्त विभागमा एउटा सदस्यको भूमिकामा म पनि संलग्न छु । मुलुक संघीयतामा गईसकेको अवस्थामा त्यहि ढंगले कार्यक्रममा ल्याइनु पर्छ र देशमा पर्यटन व्यवसाय चलाएर आर्थिक गतिविधि बढाउने कार्यमा एउटा पार्टी पनि लाग्न सक्नु पर्छ भन्ने सन्देश दिनका लागि पार्टीले आफ्ना सदस्यहरुको अनुभवलाई राष्ट्रको हितमा लगाउन राजनीतिक दलको विशेष भूमिका देखाउन सक्छ । त्यसैगरी नेपाल राष्ट्रिय पर्यटन व्यवसायीहरुको संगठन भनेर अर्को संस्था पनि गठन गरिएको छ । जसले नेकपा एमालेबाट जनमत लिएर संसद पुगेका सदस्य तथा मन्त्रीसम्मको जिम्मेवारीमा पुगेको अवस्थामा देशको कुनाकाप्चामा पर्यटन विकासको लहर लैजान बाटो खोल्न सहज बनाउने मध्यस्त कर्ताको भूमिकामा हाम्रो नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन नामक संस्थाले काम गर्दै आएको छ । मैले त्यो संगठनको उपाध्यक्षको जिम्मेवारी लिएर काम गर्दै आएको पनि छु । अहिले हाम्रो उक्त संस्थाले देशका पर्यटन विकासको सम्भावनादेखि लिएर यो क्षेत्रमा आउन सक्ने यावत समस्यालाई राजनीतिक तहबाट सम्बोधन गराउन विशेष भूमिका खेल्दै आएको छ । एमाले पार्टीमासँगै पार्टीको काम गरेका साथी सांसद तथा मन्त्री जस्ता राष्ट्रको निर्णायक तहमा पुग्दा राजनीतिक दलहरुमध्ये जुनसुकै पार्टीमा आबद्धता जनाउने साथीहरु पर्यटन व्यवसायमा रहेपनि विशुद्ध पेशागत एकताका लागि काम गर्नु पर्ने हुन्छ । यस्तो अवस्थामा पर्यटन क्षेत्रमा हामीले ल्याउन चाहेको परिवर्तन स्थापित गर्न सकिन्छ ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा पनि उपाध्यक्ष जस्तो सम्वेनशिल पदको जिम्मेवारी लिएर सेवा गर्दै आउनु भएको छ, यो संस्थाको पछिल्लो उपलब्धीलाई प्रस्तुत गर्नु पर्दा कसरी गर्नु हुन्छ ?

व्यवसायीहरुको संगठन भएपनि यो नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन भनेको चाहि नेकपा एमाले पार्टीमा आस्था राख्ने वा राष्ट्रिय आम निर्वाचनमा एमालेको चुनाव चिन्हमा भोट हाल्ने सँगसँगै पर्यटन व्यवसाय गर्ने साथीहरुको एउटा संगठन हो । यसले पर्यटन व्यवसायीहरुकै हितमा काम गर्छ । संगठनका विभिन्न बैठकहरुमा उठेका मुद्दाहरुलाई सम्बोधन गर्ने काम गर्दै आएको र गत वर्ष हामीले एउटा नयाँ अभ्यास पनि शुरु गरेका थियौं । त्यो के हो भने, नेकपा एमाले केन्द्रीय सदस्य एवम् पर्यटन प्रवध्र्दन बिभागका ईचार्ज श्री सुर्य थापाको पहलमा नेपाली काग्रेशको तर्फबाट केन्द्रीय सदस्य एवम् पर्यटन बिभाग प्रमुख श्री किसोर सिं राठौर,नेकपा एमाले केन्द्रीय सदस्य एवम् पर्यटन प्रवध्र्दन बिभागका ईचार्ज श्री सुर्य थापा तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम पर्यटन बिभाग प्रमुख श्री टेक बहादुर बस्नेत सहितको तिनै पार्टीको तर्फबाट नेपालको पर्यटन ब्यबशायको आधारपत्रमा हस्ताक्षर गरी घोषणा गरेका छौ ।

हामीले संगठनको प्रथम अधिवेशन सम्पन्न गर्दा एउटा नयाँ ढंगको कार्यदिशा तय गरेका छौं । जति बेला हामीले संगठनको पहिलो अधिवेशन सम्पन्न गरेका थियौं २०७२ मा नेपालमा संविधान सभाले संविधान जारी गर्दा भएको बेला पनि थियो । संविधानमा मुलुकलाई ७ प्रदेश विभाजन गरी त्यस अनुसारको राज्य सम्यन्त्र निर्धारण गर्ने निर्णय गर्दै गर्दा हाम्रो नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको पनि संयन्त्र पनि त्यसै अनुरुप जिम्मेवारी बाँडफाड गर्ने निर्णय गरिएको छ । देशले संघीय गणतन्त्रको परिकल्पना गरेर व्यवहारमा ल्याउन लाग्दा हामीले पनि त्यसै अनुरुप नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका प्रदेश समितिहरु र एउटा केन्द्रीय समिति गठन गर्नु आवश्यक ठान्यौं । यसले देशभरका एमालेयो अन्य पेशागत संगठनहरु वा व्यावसायिक संगठनहरुले पनि पछ्याउन सकुन् र मुलुकको यस्तै संगठनहरुका लागि उपयोगी बन्न सकोस् भन्ने हाम्रो धारणा हो ।

अब हामीले ७ प्रदेशको समिति,उपत्यका प्रदेश र एउटा केन्द्रीय समिति गरी ८ वटा प्रदेश तथा एउटा के
केन्द्रीय निकाय बनाएपछि अब प्रदेश समितिहरुले ७ प्रदेशमा नै एउटा एउटा पर्यटनको विशेष क्षेत्र घोषणा गराएर त्यस क्षेत्रमा विशेष रुपमा पर्यटन विकास अनिवार्य गराउने काम गर्ने भन्ने पनि हाम्रो संस्थागत निर्णय भएको छ । त्यसै गरी हामीले नेपाल एकात्मक ढांचाले पर्यटन क्षेत्रको काम गर्दै सरकारी एवं गैर सरकारी उच्च निकायलाई संघात्मक सयन्त्रमा काम गराउने विषयमा झक्झकाउने काम गर्नेछौं । त्यसबाहेक पनि हाम्रो संगठनको पछिल्लो बैठकले पर्यटन व्यवसायलाई समयसापेक्षित विकास गर्नेदेखि लिएर समग्र मूल्य मान्यतामा आधारित रहेर संगठन सञ्चालन गर्ने विषयमा एक दर्जनभन्दा बढी बुँदाका नयाँ निर्णयहरु भएका छन् ।
यहाँले सञ्चालन गर्दै आउनु भएको निजी व्यवसाय तिर फर्कौं न, देशमा राजनीतिक विचलन र ठूला ठूला प्राकृतिक प्रकोपहरु नेपालको पर्यटन क्षेत्रले निकै ठूलो क्षेति पु¥यायो भनेर सर्वत्र भनियो, यहाँले सञ्चालन गर्दै आउनु भएको व्यवसायमा ती कुराहरुले कस्तो प्रभाव परेको महशुस गर्नु भएको छ वा यसलाई चुनीतिका रुपमा लिनु भएको छ ?

चुनौतिको कुरा गर्ने हो भने काम गर्दा चुनौति आउँछन्, जहाँ व्यवसाय वा उद्योग अथवा सेवा क्षेत्रमा काम गर्ने अठोट लिएर अगाडि बढ्ने बितिक्कै चुनौतिहरु शुरु हुन्छन् त्यसको पार लगाउने आँट नगर्ने हो भने गेरु वस्त्र लगाएर परिवार र समाज नै त्यागेर एकान्तमा बस्ने बाहेक अरु विकल्प छैनन् । अहिले संसार नै एउटा सानो वस्तिमा सीमित भईसकेको छ । अमेरिकाको खबर एकै सेकेन्डमा प्रत्येक्ष हेर्न सकिने भएको छ । यस्तो अवस्थामा कुनै पनि व्यवसाय गर्दा अवरोध वा नोक्शान हुने विकल्प वा धेरै फाईदा लिने विकल्पहरु पनि सँगसँगै आईरहेका हुन्छन् । त्यसलाइ चिनेर अगाडि बढ्न सकिएन भने चुनौतिले निकै ठूलो बाधा दिन सक्छ । नेपालमा वा नेपालको कुनै ठाउँमा के भईरहेको छ भनेर नेपाल घुम्न आउने पर्यटकहरुले हेरिरहेका हुन्छन् । उनीहरुले चाहेको जस्तो सेवा अन्य व्यवसायीहरुले दिनेभन्दा विशेष तरिकाले दिन प्रतिष्पर्धा गर्नु पर्ने समय आइसकेको छ । प्रतिष्पर्धालाई चुनौतिसँग जोडेर हेर्नु पर्छ मेरो मान्यता हो । अर्को कुरा राजनीतिक विचलनको कुरा आयो, चाहेर वा नचाहेर पनि नेपालमा १० वर्षीय सशस्त्र विद्रोह भयो । त्यो समयमा धेरै पर्यटन व्यवसायीहरु यहाँ केही गर्न सकिदै भनेर विदेशीय वा पर्यटन व्यवसाय नै त्यागेका पनि थिए । त्यस्तो अवस्थमा पनि सबै व्यवसायीहरुले यो व्यवसाय छोडेनन् ।

मैले सञ्चालन गर्दै आएको व्यवसाय पर्यटन व्यवसायमा पनि अलि फरक व्यवसाय हो । मैले सञ्चालन गर्दै आएको व्यवसाय साहसिक तथा पर्वतीय पर्यटन व्यवसाय हो जुन जस्तो सुकै अवस्थामा पनि साहस गरेर पर्यटनका गतिविधिमा संलग्न हुने पर्यटकहरुका लागि हो । किनभने जीवन मृत्यु आधा आधा अपनाएर साहस गरी पर्यटनका लागि आउने पर्यटकहरुलाई सेवा दिन हामीले सञ्चालन गर्दै आएको व्यावसायिक प्रतिष्ठानले कुनै क्षति व्यहोर्नु परेन । नेपालमा राजनीतिक स्थिति सुध्रिएला अनि व्यवसाय गरौंला भनेर बस्ने हो वा पहिले यो सजिलो भईदेओस् अनि केही गरौंला भनेर वस्ने कुरा होइन । त्यस्तो समय कुरेर बस्ने हो भने त्यो समय नआउन पनि सक्छ । कुरा गरौं प्राकृतिक प्रकोपको, प्राकृतिक प्रकोपको भयले मानिस कुनै काम नगरी बस्ने कुरा आउदैन । संसारमा जहाँ पनि जतिबेला पनि आईदिन सक्छ प्राकृति प्रकोप भन्ने कुरा । त्यसलाई वहानाको रुपमा लिएर पर्यटन व्यवसाय नगर्ने हो भने पर्यटन उद्योग नै चल्न सक्दैन । प्राकृतिक प्रकोपको सामना नगर्ने हो वा व्यवसायमा बाधा विरोधको सामना गर्ने आँट नगर्ने हो भने व्यवसायी नै बन्न सकिदैन । त्यसैले कर्मशिल मान्छेमा त्यस्तो गुण हुनु पर्छ भन्ने मलाई लाग्छ ।
 नेपालको पर्यटन विधिलाइ यहाँले कसरी हेर्दै आउनु भएको छ ?

हाम्रो देशमा २०३४ सालको ऐनले नेपालको पर्यटन क्षेत्रलाई गमन गरिरहेको छ । ३४ सालदेखि आज ७२ सालसम्म आउदा संसारमा आमूल परिवर्तन भइसकेको छ । त्यतिबेलाको उपभोग गर्ने विधि र जीवन शैलीमा आकाश जमीनको फरक आईसकेको छ । उतीबेलाको पर्यटन विधिले पनि हामी अहिले पनि काम पर्ने स्थितिमा गाह्रो पर्नु स्वभाविकै हो । सञ्चार मन्त्रालयबाट इजाजत लिएर मात्रै क्यामरा बोकेर पर्यटन क्षेत्रमा जानु पर्ने स्थिति आज मोबाईलमा नै आपूmले खिच्ने फोटो विना इजाजत खिच्न सकिने भएको बेलामा राज्यको कानुन पनि त्यसैगरी अपडेट हुनु पथ्र्यो ।

हिजोको दिनमा टे«किङ्गमा जाने पदमार्गीहरुलाई कहाँ पुगे होला भनेर कल्पना गरेर बस्नु पर्ने स्थिति थियो आज हिमाल चढेको वा कुन ठाउँमा पुग्यौ भनेर सोध्दा त्यहाँ सबै जानकारी उसैको आवाजमा सुन्न सकिने बेला आएको छ अर्थात सगरमाथाको शिखरमा पुग्नेले पनि आपूm पुगेको खबर गर्न सक्ने भएको छ । यस्तो बेलामा पर्यटनका लागि बनाइएको त्यतिबेला बनाइएको विधि अहिलेसम्म पनि चल्नु विडम्बना हो । त्यसै गरी संसारमा पर्यटनका धेरै किसिमका विधाहरु विकास भएर व्यवहारमा आईसकेका छन् । नेपालमा पनि त्यस्ता विधाहरुलाई विधिवत गर्नु पर्ने राज्यले संबोधन गर्नु पर्ने हो तर त्यसो हुन सकिरहेको छैन । यस्तो अवस्थामा पर्यटनमा सुधार ल्याउन हामीले राज्यका सम्बन्धित निकायमा पर्यटनका लागि निर्देशका र कार्यविधि बनाउन लगाएर काम गर्न केही सहजता ल्याएका छौं ।

 पर्यटन व्यवसायमा प्रभाव पर्न सक्ने कुरालाई जोखिमको रुपमा लिन सकिन्छ र पर्यटन व्यवसायीहरुलाई प्रोत्साहन दिने विषयमा यहाँ के भन्न रुचाउनु हुन्छ ?

पर्यटन व्यवसाय एक्लैले मात्र गर्न सकिदैन । यो धेरै पक्षको संयोजन र सहकार्यबाट मात्र सम्भव हुन्छ । नेपालमा आउने पर्यटक आउने समयमा बाटोमा युद्ध वा आतंक सृजना भयो भने त्यसको प्रभाव नेपालको पर्यटन उद्योगमा परिहाल्छ । अफगानिस्थानमा गृहयुद्ध हुदा भनौं वा सिरियामा आतंकवादी गतिविधि सृजना हुदा त्यहाका नागरिकहरु शरणार्थी भएर जुन देशहरुमा भित्रिए त्यस्ता देशहरुमा आर्थिक अवस्था केही कमजोर हुन पुग्यो र त्यसबाट नेपाल आउने पर्यटकहरुको संख्यामा कमी आएको छ । त्यसैले एउटा देशको पर्यटन व्यवसाय अन्य देशहरुमा हुने नकारात्मक गतिविधिहरुले प्रभाव पार्न सक्छ । हरेक कुराहरुमा सर्तक भएर वैकल्पिक मार्गहरु अपनाएर नयाँ नयाँ गन्तव्यको खोजी गरेर पर्यटन उद्योग वा व्यवसाय चालु गरिराख्नु पर्छ । यसले पर्यटन व्यवसायीहरु कहिल्यै हतोत्साही हुनु पर्दैन ।
नेपाल पर्यटन बोर्डको एउटा सदस्य यहाँ पनि हुनुहुन्छ, पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि २०७३ साललाई घुमफिर वर्ष भनेर घोषणा ग¥यो, तर व्यावहारिक भएन भनेर पर्यटन क्षेत्रमा चर्चा गर्न थालिएको छ, यो विषयमा यहाँको धारणा के छ ?

घोषणा गर्दैमा र काम थाल्दैमा सफल भईहाल्ने होइन । यसको यो वर्षभरी मात्रै घुमफिर गर्ने भनेर यो कार्यक्रम घोषणा भएको पनि होइन । अबका दिनहरुमा अर्थात अबका वर्षहरुमा नेपालीहरु आफैंले पनि आफ्नो देशको पर्यटकीय सम्पदाहरु चिन्नु पर्छ र विदेशीहरुलाई बताउन सकिन्छ यसले आन्तरिक पर्यटनमा टेवा पु¥याउने वैदेशिी पर्यटनलाई आकर्षित गर्न सक्छ भन्ने उद्देश्यले यो वर्ष घोषणा गरिएको हो । त्यसमा पनि हामीले सकेजति प्रचार प्रचार गरेकै छौं । चाड पर्वहरुको विशेष दिनहरुमा विशेष तरिकाले देश घुम्न र घुमाउन प्रेरणा पुग्ने गतिविधिहरु हामीले सञ्चालन गर्दै आएका पनि छौं । भनिए जस्तो व्यापक चर्चा गराउन नसकिएको हामीले स्वीकार्नै पर्छ । यसको कारण के हो भने यो पर्यटन बोर्डमा ६८ जनाले काम गर्नु पर्नेमा अहिले २२ जनाले मात्रै यहाँका सबै काम भ्याउनु पर्ने बाध्यता छ । यहाँको नियमित काम कारवाही पनि चलाउनु प¥यो, विदेशमा हुने पर्यटन प्रबद्र्धनात्मक कार्यहरुमा सहभागिता पनि जनाउनु प¥यो । त्यसले गर्दा सोचे जति काम गर्न सकिएको छैन ।

पर्यटन मार्फत सम्बृद्धि ल्याउने हो भने यस्तो काम राज्यले गर्नु पर्छ भन्ने सन्देश दिनका लागि हामीले यो घुमफिर वर्ष २०७३ घोषणा गरेका हौं । सरकारी कर्मचारीलाई ७ दिन नेपालको आन्तरिक भ्रमण अनिवार्य गर्नका लागि बनाइएको विधि पनि कार्यान्वयन गराउन सकिएको छैन । यो घुमफिर वर्षको घोषणाले त्यसलाई पुरा गर्न सकोस् भन्ने पनि हाम्रो धाराणा हो । त्यसबाहेक पनि हामी दुईचार पैसा कमाउछौं भने आफ्नो मुलुकको सौन्दर्य हेर्न र पर्यटन प्रबद्र्धन गर्न केही खर्च गरेर घुमफिर गरी मनोरञ्जन लिन उत्साही बनौ उत्साही बनाऔ भन्ने आव्हानका लागि पनि हामीले यो वर्षलाई घुमफिरको वर्ष भनेका हौं । यदि यसरी हामी केही कमाई भएका व्यक्ति वा परिवार देशकै आकर्षक गन्तव्यहरुको भ्रमण ग¥यौं भने आफु घुमेको ठाउँको चर्चा परिचर्चाका लागि सञ्चार गर्न सामाजिक संजालहरु छन् यसको पनि उपयोग हुन सक्थ्यो ।

त्यसै गरी बिभिन्न क्षेत्रमा कार्यरत बिशिष्ठ ब्यक्तीत्वहरुले पनि देशका घुमफिर गर्न लायक स्थानहरुमा गईदिए भने आमसञ्चार माध्यमहरुले आफैं नै त्यसलाई चर्चामा ल्याएदिएर त्यस्ता ठाउँहरुको पहिचान गराउन सक्ने भएकाले नि यो वर्ष घुमफिर वर्षको रुपमा मनाउने कोशिस गरिएको हो । अझ आम नागरिकलाई हामीले के अनुरोध गर्न चाहेका छौं भने राष्ट्रको हित हुने काममा पर्यटन बोर्डले घोषणा गरेको यो अभियानमा गच्छे अनुसार खर्च गर्न सक्ने परिवारले यो वर्ष घुम्न लायक गन्तव्य एक पटक घुमेर अरुलाई प्रोत्साहन गरौं भन्ने हो । यो देशका कुनै न कुनै पर्यटनजन्य क्षेत्रको अवलोकन भ्रमण गरी त्यस ठाउँको चर्चा एक आपसमा गर्ने बाटो खुलोस् भन्ने हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट