जिवन बने मिस्टर टिन नेपाल २०१६

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
काठमाडौ । ‘मिस्टर टिन नेपाल २०१६’ उपाधि जिवन खड्काले जितेका छन् । १९ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेका खड्काले प्रतियोगीतामा भियुर च्वाइस र म्यानेजमेन्ट च्वाइस अवार्ड समेत हात पार्न सफल भए ।
रन वे नेपालको आयोजनामा शनिबार अबेर साझ राजधानिको त्रिपुरेस्वर स्थित ब्लुवर्ड भवनको मुर्ड हलमा सम्पन्न प्रतियोगीतामा अभिषेक दाहाल फष्ट रनर अफ र बिदुर भट्टराई सेकेन्ड रनर अफ घोषित भए । प्रतियोगीतामा दाहाल मिस्टर ह्यान्डसम, मिस्टर मल्टिमिडियासमेत चुनिदा भट्टराईले मिस्टर पर्सनालिटीमा चित्त बुझाए ।
संगीत र नृत्यलगायत विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा अंकित तिवारी मिस्टर स्टाइलिस, जिवन खड्का मिस्टर पर्फमेन्स ,पारश दाहाल मिस्टर फोटो जेनिक, प्रमोद घिसिङ मिस्टर चार्मिङ, पासाङ तामाङ मिस्टर कन्जिन्यालिटी, सागर बिक मिस्टर फिट, रेहानराज डंगोल मिस्टर पपुलर, जिवन बस्नेत मिस्टर क्रियटिभ, अभिनास डिएम मिस्टर डिसिप्लेन, रुपक थापा मिस्टर युनिक, अजय मगर मेक ओभर, मयनककुमार ठकुरी मिस्टर एक्टिभ, आभाष यादव मिस्टर वाल्क बिजेता बन्न सफल भए ।
सिचाई मन्त्री दिपक गिरी मुख्य अतिथि र सभासद् चन्द्र जोशी, रिता शाही, अर्थििवद् चिरञ्जिवी थापा स्पेशल अतिथि रहेको कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता गजित बिष्ट, मिस्टर नेपाल संदिप पोखरेल, आरजे भिजे सरोज केसी, समाजसेवी मोहन बस्नेत, भिष्म पाण्डे, खगेस रंजितकारलगायत थिए ।
टिन एजर्स युवाहरुको प्रतिभा निखार्दै आफै भबिश्य निर्माणमा सक्षम बनाउने उदेश्यले प्रतियोगीता आयोजना गर्दै आएको आयोजक रन वे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले जानकारी दिइन् ।
अन्तिम स्पर्धाका लागी प्रतियोगीले ब्यक्तित्व बिकाश, रन वे मोडलिङ , सेल्फ ड्रेस अप, फोटो सुट ,सेलिब्रेटी गेष्ट क्लास, पब्लिक स्पिकिङलगायतका बिषयमा दक्ष प्रशिक्षकद्धारा प्रशिक्षण हासिल गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट